हिरण्यवर्ण महाविहारमा बढ्दै चिनियाँ पर्यटक

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १८, २०७५
|
|
३१ पटक हेरिएको
Shares
हिरण्यवर्ण महाविहारमा बढ्दै चिनियाँ पर्यटक

सारांश

  • ललितपुर, १८ वैशाख, हिरण्यवर्ण महाविहार (गोल्डन टेम्पल) आउनेमा चिनियाँ पर्यटकको संख्या चार÷पाँच वर्षयता बढिरहेको छ ।
  • महाविहारमा एक वर्षमा ५० हजारको हाराहारीमा बाह्य पर्यटक आउने गरेका छन् ।
  • तीमध्ये कुन देशबाट कति आए भनेर छुट्याएर नराखिएको महाविहार संरक्षण समितिका अध्यक्ष विकास धाख्वले बताउनुभयो ।

ललितपुर, १८ वैशाख, हिरण्यवर्ण महाविहार (गोल्डन टेम्पल) आउनेमा चिनियाँ पर्यटकको संख्या चार÷पाँच वर्षयता बढिरहेको छ ।

महाविहारमा एक वर्षमा ५० हजारको हाराहारीमा बाह्य पर्यटक आउने गरेका छन् । तीमध्ये कुन देशबाट कति आए भनेर छुट्याएर नराखिएको महाविहार संरक्षण समितिका अध्यक्ष विकास धाख्वले बताउनुभयो । उहाँले भन्नुभयो, “तर चिनियाँ पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि भएको देख्न सकिन्छ ।” चिनियाँ पर्यटक एक्लै, सानो समूहमा र ठूलो समूहमा आइरहेका छन् ।

पहिले युरोपेली देशबाट आउने पर्यटक बढी भएकामा अहिले चीन, जापान र दक्षिण एशियाली देशका पर्यटक बढी रहेको अध्यक्ष धाख्वले जानकारी दिनुभयो । भूकम्प गएपछिका वर्षमा हेर्दा छिमेकी मुलुकका पर्यटकको संख्यामा वृद्धि भइरहेको छ । उहाँले भन्नुभयो, “अध्ययनका लागि वा घुम्नका लागि आउनेमा छिमेकी देशका पर्यटक बढिरहेका छन् ।” महाविहारमा धार्मिक पर्यटकसमेत आउने गर्छन् । कतिपय दरबार क्षेत्र आएका पर्यटक त महाविहार नै आउने गर्दछन् ।

महाविहारले अहिले पर्यटकसँग रु ५० शुल्क लिँदै आएको छ । दुई वर्ष पहिले पाटन सङ्ग्रहालय र नगरपालिकाले लिने शुल्कमा ‘एकद्वार प्रणाली’ लागू भएपछि महाविहारमा समेत सो प्रणाली लागू गर्न महानगरपालिकाले भन्दै आएको छ । संरक्षण समितिले भने पुनःनिर्माण सकिएपछि मात्रै एकद्वार प्रणालीमा जाने भन्दै आएको छ ।
उक्त महाविहार उपत्यकाको सबैभन्दा बढी सर्वसंघ (सदस्यहरु) रहेको महाविहार हो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Justin Biral

    ? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,B-) αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुनर्निर्माण प्राधिकरणका सीईओले पदीय दुरुपयोग गरेको भन्दै चार दलको आपत्ती
पुनर्निर्माण प्राधिकरणका सीईओले पदीय दुरुपयोग गरेको भन्दै चार दलको आपत्ती
उदयपुर जिल्ला अस्पतालको बेतिथी:तीन महीनादेखी प्रसूति सेवा उपचारविहीन
उदयपुर जिल्ला अस्पतालको बेतिथी:तीन महीनादेखी प्रसूति सेवा उपचारविहीन
कान्तिपुर दैनिकका पत्रकार कैनीमाथि हातपात : महासंघले गर्यो भत्र्सना
कान्तिपुर दैनिकका पत्रकार कैनीमाथि हातपात : महासंघले गर्यो भत्र्सना
इङ्गलिस प्रिमियर लिग : म्यान्चेस्टर सिटी फेरी शिर्ष स्थानमा उक्लियो
इङ्गलिस प्रिमियर लिग : म्यान्चेस्टर सिटी फेरी शिर्ष स्थानमा उक्लियो
कसैको अनुहार पनि हेरिँदैन देखावटी होइन, वास्तवमै भ्रष्टाचार नियन्त्रण गर्छौंः प्रधानमन्त्री ओली
कसैको अनुहार पनि हेरिँदैन देखावटी होइन, वास्तवमै भ्रष्टाचार नियन्त्रण गर्छौंः प्रधानमन्त्री ओली
रास्वपाले ढाकाको ठाउँमा विन्दबासिनी कंशाकारलाई सांसद बनाउने
रास्वपाले ढाकाको ठाउँमा विन्दबासिनी कंशाकारलाई सांसद बनाउने
मलेसियामा नेपाली कामदार धमाधम पक्राउ
मलेसियामा नेपाली कामदार धमाधम पक्राउ
रुसी ब्याले डान्सरलाई १२ बर्षको जेल सजाय
रुसी ब्याले डान्सरलाई १२ बर्षको जेल सजाय
पुरुष नपुंसकताविरुद्ध भियग्रालाई अनुमति देखि ५८३ जना मृत्यु भएको त्यो हवाई दुर्घटना
पुरुष नपुंसकताविरुद्ध भियग्रालाई अनुमति देखि ५८३ जना मृत्यु भएको त्यो हवाई दुर्घटना
ओलीले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र
ओलीले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

तपाईंले छुटाउनुभयो कि?