टी-२० विश्वकपमा आज दुई खेल हुँदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ३१, २०८१
|
|
१५ पटक हेरिएको
Shares
टी-२० विश्वकपमा आज दुई खेल हुँदै

सारांश

  • काठमाडौं।
  • जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत आज दुई खेल हुँदै छन्।
  • आज समूह सी अन्तर्गत वेस्ट इन्डिज र न्यूजिल्याण्ड खेल्दै छन्।

काठमाडौं। जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत आज दुई खेल हुँदै छन्।

आज समूह सी अन्तर्गत वेस्ट इन्डिज र न्यूजिल्याण्ड खेल्दै छन्। ट्रीनीडाडको ब्रायन लारा स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार विहान ६; १५ बजेदेखि शरू हुने छ।

वेस्ट इन्डिजले जारी विश्वकपका आफ्ना शुरुका दुवै खेलमा जित हासिल गरेर ४ अंक बटुलेको छ। वेस्ट इन्डिजले युगाण्डा र पिएनजीलाई पराजित गरेको थियो। त्यस्तै न्यूजील्याण्डले भने आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग हार बेहोरेर खराब शुरुवात गरेको छ।

वेस्ट इन्डिज र न्यूजील्याण्डबीच अहिलेसम्म कुल १९ टी-२० खेल भएका छन्, जसमा न्यूजील्याण्डले ११ खेल जितेको छ भने वेस्ट इन्डिजले ६ खेल जितेको छ। त्यस्तै २ खेल बिना नतिजा सकिएका छन्।

त्यस्तै आज अर्को खेल समूह डी अन्तर्गत बंगलादेश र नेदरल्याण्डसबीच हुँदै छ। सेन्ट भिसेन्टस्थित अर्नोस भेल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु हुने छ।

दुवै देशका लागि सुपर ८ मा पुग्न यो खेल जित्नै पर्ने दबाब रहेको छ। यस अघि दुवैले खेलेका २-२ खेलमा एक जित र एक हार बेहोरेका छन्। बंगलादेशले श्रीलंकालाई पराजित गरेको थियो भने दक्षिण अफ्रिकासँग हार बेहोरेको थियो । त्यस्तै नेदरल्याण्डसले नेपाललाई पराजित गरेको थियो भने दक्षिण अफ्रीकासँग पराजित भएको थियो।

यस समुहबाट दक्षिण अफ्रिकाले ३ खेलमा तिनै खेल जितेर सुपर ८ मा पुगिसकेको छ भने श्रीलंकाले ३ खेलमा २ हार र एक नेपालसँगको खेल बर्षाले रद्ध भएपछि एक अंक हासिल गरेको छ । श्रीलंकाको यस विश्वकपमा सुपर ८ को सम्भावना लगभग सकिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इलामको ढापपोखरीलाई नमूना पर्यटनस्थल बनाइने
इलामको ढापपोखरीलाई नमूना पर्यटनस्थल बनाइने
मेरो सम्बोधनलाई गलत पुष्टि गर्ने प्रयास भयो : राष्ट्रपति ट्रम्प
मेरो सम्बोधनलाई गलत पुष्टि गर्ने प्रयास भयो : राष्ट्रपति ट्रम्प
स्थानीय तह निर्वाचन : कसले कति जिते ?
राजनीतिक हस्तक्षेपका कारण सरकारी निकायप्रति अविश्वास : रवि लामिछाने
राजनीतिक हस्तक्षेपका कारण सरकारी निकायप्रति अविश्वास : रवि लामिछाने
अष्ट्रेलियामा असोज २७ गते विजयादशमी मनाउनुपर्ने अन्तर्राष्ट्रिय पञ्चांग समितिको निर्णय
अष्ट्रेलियामा असोज २७ गते विजयादशमी मनाउनुपर्ने अन्तर्राष्ट्रिय पञ्चांग समितिको निर्णय
मालिंगापछि श्रीलंकाका अर्का तीव्र गतिका बलरले पनि गरे सन्यासको घोषणा
मालिंगापछि श्रीलंकाका अर्का तीव्र गतिका बलरले पनि गरे सन्यासको घोषणा
ट्रमा सेन्टरको बद्मासी प्रति व्यक्ति ६ सय लिएर १०७४ नर्सलाई अन्तर्वार्ताबाट बञ्चित गरियो
ट्रमा सेन्टरको बद्मासी प्रति व्यक्ति ६ सय लिएर १०७४ नर्सलाई अन्तर्वार्ताबाट बञ्चित गरियो
कन्चनपुर क्षेत्र तनावग्रस्त, प्रहरीकाे गाेली लागेर तिन जना घाइते
कन्चनपुर क्षेत्र तनावग्रस्त, प्रहरीकाे गाेली लागेर तिन जना घाइते
प्रदेशसभा सदस्य ओलीको निधन
प्रदेशसभा सदस्य ओलीको निधन
पूर्वराजासँग नेताहरुको भेटको रहस्य, डा. शशांक कोइरालाको डिनर मिटिङ !
पूर्वराजासँग नेताहरुको भेटको रहस्य, डा. शशांक कोइरालाको डिनर मिटिङ !

तपाईंले छुटाउनुभयो कि?