‘मेयर कप सप्तरी प्रिमियर लिग टी ट्वाइन्टी’ क्रिकेट प्रतियोगिता असार २८ बाट

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २६, २०७५
|
|
३९ पटक हेरिएको
Shares
‘मेयर कप सप्तरी प्रिमियर लिग टी ट्वाइन्टी’ क्रिकेट प्रतियोगिता असार २८ बाट

सारांश

  • सप्तरी, २६ असार।
  • सप्तरीमा पहिलो पटक ‘मेयर कप सप्तरी प्रिमियर लिग टी ट्वाइन्टी’ क्रिकेट प्रतियोगिता शुरु हुने भएको छ ।
  • सप्तरी क्रिकेट संघको आयोजना तथा राजविराज नगरपालिकाको सहयोगमा मेयर कप सप्तरी प्रिमियर लिग टी २० क्रिकेट प्रतियोगिता सप्तरीको सदरमुकाम राजबिराजमा यहि असार २८ गतेदेखि सुरु हुने एक कार्यक्रममा जनाईएको छ ।

सप्तरी, २६ असार। सप्तरीमा पहिलो पटक ‘मेयर कप सप्तरी प्रिमियर लिग टी ट्वाइन्टी’ क्रिकेट प्रतियोगिता शुरु हुने भएको छ ।

सप्तरी क्रिकेट संघको आयोजना तथा राजविराज नगरपालिकाको सहयोगमा मेयर कप सप्तरी प्रिमियर लिग टी २० क्रिकेट प्रतियोगिता सप्तरीको सदरमुकाम राजबिराजमा यहि असार २८ गतेदेखि सुरु हुने एक कार्यक्रममा जनाईएको छ ।

सप्तरीको इतिहासमै पहिलो पटक संघले विभिन्न खेलाडीहरुलाई खरीद गरी प्रतियोगिता सुरुवात गर्न लागिएको हो । उक्त खेलको लागि सोमबार तिन टिम ‘अक्सन’ मेथडवाट छनौट गरिएको छ । जस अन्तर्गत बोदेबर्साईन थन्डर्स, बजाज खडक वारिर्यस र तिलाठी कोईलाडी हिरोजगरि ३ टिमको सहभागिता रहने छ ।

उक्त टिमका मालिकमा थन्डर्सका आतेश सिंह यादव , वारियर्सका अनवर अली र हिरोजका सतिश सिंह रहेका छन् । राष्ट्रिय क्रिकेट टिममा समेत खेली सकेका मेहबुब आलमलाई तिलाठि कोईलाडी हिरोजले खरिद गरेको छ भने सिद्धान्त लोहनीलाई बोदे बर्र्साइन थन्डर्स र हासिम अन्सारीलाई बजाज खडक वारियर्सले खरिद गरेको संघका सचिव आयुष श्रेष्ठले बताए।

खेलाडी खरीद “अक्सन” प्रक्रिया अन्तरगत ए, बी, सी र डी गरि चार समूहमा बिभाजन गरियो । पहिलो ‘ए’ समुहको खेलाडीहरु दाम ५ देखी १२ हजार ५०० , समूह “बी” मा पर्ने खेलाडीहरु को मुल्य  ३ देखी ७ हजार ५०० , समूह “सी” का खेलाडीहरुको मुल्य १ हजार ५०० देखी ५ हजारसम्म र समूह “डी” मा पर्ने खेलाडीहरुको मुल्य १ हजारदेखी २ हजार ५ सयसम्म तोकिएको थियो ।

प्रतियोगितामा सहभागी ३ वटा टिमले एक आपसमा २/२ खेल गरि जम्मा ६ खेल खेल्ने तथा उत्कृष्ट अंकको अधारमा दुई वटा खेल गराइ फाइनल खेल खेलाइने आयोजक समुहले बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजदेखि कक्षा १२ को परीक्षाः तीन लाख ९० हजार बढी परीक्षार्थी सहभागी हुँदै
आजदेखि कक्षा १२ को परीक्षाः तीन लाख ९० हजार बढी परीक्षार्थी सहभागी हुँदै
सिरहामा तीन हजार ७०९ छोरीको बीमा
सिरहामा तीन हजार ७०९ छोरीको बीमा
बाढीको दर्दनाक तस्बिर: जब मृतक बालकलाई पुर्ने ठाउँ भएन (फोटो कथा)
बाढीको दर्दनाक तस्बिर: जब मृतक बालकलाई पुर्ने ठाउँ भएन (फोटो कथा)
आजको राशीफल
आजको राशीफल
अस्ट्रेलियन प्रधानमन्त्रीको सल्लाहकार टिममा नेपाली विद्यार्थी
अस्ट्रेलियन प्रधानमन्त्रीको सल्लाहकार टिममा नेपाली विद्यार्थी
ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसबाट प्रेमलाल महर्जनले स्वतन्त्र उम्मेदवारी !
ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसबाट प्रेमलाल महर्जनले स्वतन्त्र उम्मेदवारी !
डाक्टर गोविन्द केसीले प्रधान न्यायाधीशको यसरी राजिनामा मागेका थिए
मतगणना प्रक्रियामा महिला प्रतिनिधि पठाउन आग्रह
मतगणना प्रक्रियामा महिला प्रतिनिधि पठाउन आग्रह
कङ्गोमा डुङ्गा दुर्घटना हुँदा २८ जनाको मृत्यु, २६१ बेपत्ता
कङ्गोमा डुङ्गा दुर्घटना हुँदा २८ जनाको मृत्यु, २६१ बेपत्ता
राजनीतिक शुद्धिकरणका लागि युवा सक्रिय हुनुपर्छ : अध्यक्ष तिमिल्सिना
राजनीतिक शुद्धिकरणका लागि युवा सक्रिय हुनुपर्छ : अध्यक्ष तिमिल्सिना