थाइल्याण्डकी पूर्व प्रधानमन्त्री शिनावात्रा देश छोडेर भागिन्
सारांश
- थाइल्याण्ड ।
- थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलक शिनावात्रा देश छोडेर भागेकी छिन् ।
- भ्रष्टाचार सम्बन्धीको एउटा मुद्दाको फैसलाका लागि अस्वस्थ भन्दै अदालतमा उपस्थित नभएपछि थाइल्याण्डको सर्वोच्च अदालतका न्यायाधीशले उनलाई पक्राउ आदेश जारी गरेका थिए ।
थाइल्याण्ड । थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलक शिनावात्रा देश छोडेर भागेकी छिन् । भ्रष्टाचार सम्बन्धीको एउटा मुद्दाको फैसलाका लागि अस्वस्थ भन्दै अदालतमा उपस्थित नभएपछि थाइल्याण्डको सर्वोच्च अदालतका न्यायाधीशले उनलाई पक्राउ आदेश जारी गरेका थिए ।
उनी थाइल्याण्डमा नरहेको तर भागेर कहाँ गइन् भन्ने नखुलेको अन्तर्राष्ट्रिय सञ्चार माध्यममले जनाएका छन् । शिनावात्रा निकट व्यक्तिहरुका अनुसार अदालतको आदेश आउनु अवागै उनले देश छोड्ने निर्णय गरेकी थिइन् ।
थाइल्याण्डको प्रधानमन्त्री प्रयुथ चान ओचाले भने देशका सबै नाका बन्द गरी निगरानी गर्न आफूले आदेश दिएको बताएका छन् । अदालतमा सिनावात्रालाई नदेखेपछि आफूले सबै नाकामा कडा निगरानी गर्न आदेश दिएकाले उनी तत्काल देश बाहिर जान सक्ने सम्भावना नरहेको बताएका छन् ।
अदालतले उनी अस्वस्थ भएको कुनै प्रमाण नभेटिएको भन्दै मुद्दाको फैसला अर्को महिनाका लागि सारेको छ । चामल खरिदका लागि अनुदान दिँदा उनले भ्रष्टाचार गरेको आरोपमा अदालतमा मुद्दा परेको थियो ।
एक पूर्व मन्त्रीलाई भने यो मुद्दामा दोषि ठहर गर्दै अदालतले ४२ वर्ष जेल सुनाएको छ । सिनावात्राले आफूले कुनै पनि अनियमितता नगरेको तर सैनिक सरकारले रिसइबी साँध्न झुठो मुद्दा लगाएको बताउँदै आएकी थिइन् । दोषी ठहर भएमा शिनावात्रले १० वर्षका लागि जेल सजाय भोग्नुपर्ने हुनसक्छ ।
प्रतिक्रिया