ठूलो परिमाणमा लागूऔषधसहित एक युवक पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २३, २०७५
|
|
२३ पटक हेरिएको
Shares
ठूलो परिमाणमा लागूऔषधसहित एक युवक पक्राउ

सारांश

  • लहान ,२३ साउन ।
  • प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित भारतीय सीमावर्ती नाका सिरहाको औरही गाउँपालिका-१ ,दरहीया बाट आज एक युवकलाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा बर्दियाको मोतीपुर–४ निवासी २७ वर्षीय नारायण ओली रहेको प्रहरीले जनाएको छ ।

लहान ,२३ साउन । प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित भारतीय सीमावर्ती नाका सिरहाको औरही गाउँपालिका-१ ,दरहीया बाट आज एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दियाको मोतीपुर–४ निवासी २७ वर्षीय नारायण ओली रहेको प्रहरीले जनाएको छ । जाँच गर्ने क्रममा ओलीको साथबाट नाईट्रोभेट टेन ५८ पत्ता,र  ३० ट्याब्लेट, स्पामो प्रोक्सिन आरप्लस ६ पत्ता ९ प्रतिपत्तामा २४ क्याप्सुल र अर्को काटेको स्पामो प्रोक्सिन आर प्लस १६ क्याप्सुल लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?