माइक खोसेपछि ओलीले भनेः ‘नातिनीले नेता हुने छाँट देखाइन्’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २६, २०८०
|
|
२८ पटक हेरिएको
Shares
माइक खोसेपछि ओलीले भनेः ‘नातिनीले नेता हुने छाँट देखाइन्’

सारांश

  • काठमाडौँ ।
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार काठमाडौँमा भएको एक कार्यक्रमका बीचमा बोल्दा गर्दा एक बालिकाले मञ्चमै आएर माइक खोसेकी छिन् ।
  • नेकपा एमाले बागमती संगठन कमिटीको सातौँ बैठकलाई ओलीले सम्बोधन गरिरहेका बेला एक बालिका एकाएक मञ्चमा आएर माइक खोसेकी हुन् ।

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार काठमाडौँमा भएको एक कार्यक्रमका बीचमा बोल्दा गर्दा एक बालिकाले मञ्चमै आएर माइक खोसेकी छिन् ।

नेकपा एमाले बागमती संगठन कमिटीको सातौँ बैठकलाई ओलीले सम्बोधन गरिरहेका बेला एक बालिका एकाएक मञ्चमा आएर माइक खोसेकी हुन् ।

ती बालिकाले माइक खोसेर आफै बोल्न थालिन् । बालिकाले माइक समातेर केहीबेर ‘फु..फु..’ पनि गरिन् ।

बालिकाले माइकमा बोलेको भने बुझिएन । बालिका अझै बोल्न खोजेपछि ओली आफैले ती बालिकालाई अर्को माइक तानेर मुखछेउमा लगिदिए । ती बालिकाले पुन बोलिन तर कुरा बुझिएन । करिब १ मिनेटजति बोलेपछि ती बालिकालाई कसैले मञ्चबाट लग्यो ।

मञ्च छाड्नुअघि ओलीले बालिकालाई भने, छोरी अव तिमी र म भरेभरे फोटो खिच्नुपर्छ है !’ ती बालिकाले समातेको माइकमा ओलीका सहयोगीहरुले सेनिटाइजर छर्के । अनि ओली पुन बोल्न थाले र उनले भने, ‘नातिनीले नेता हुने छाँट देखाइन् ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?