प्रधानमन्त्री ओली आज फर्कँदै
सारांश
- काठमाडौं ।
- नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर पुग्नु भएका प्रधानमन्त्री केपी शर्मा ओली आज सोमबार स्वदेश फर्कँदै छन्।
- सोमबार अपराह्न थाइ एयरलाइन्सबाट उनी काठमाडौं फर्किने बताइएको छ।
काठमाडौं । नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर पुग्नु भएका प्रधानमन्त्री केपी शर्मा ओली आज सोमबार स्वदेश फर्कँदै छन्। सोमबार अपराह्न थाइ एयरलाइन्सबाट उनी काठमाडौं फर्किने बताइएको छ। यसअघि ओली आइतवार स्वदेश फर्कने तयारीमा रहेका थिए। तर स्वास्थ्य परीक्षण सम्बन्धी सबै रिपोर्ट आउन समय लागेपछि उनको सिंगापुर बसाई लम्बिएको हो। स्वास्थ्य परीक्षण सम्बन्धी सबै रिपोर्ट सकारात्मक भएको पाइएपछि प्रधानमन्त्री सोमबार दिउँसो स्वदेश फर्कने उनका प्रेस संयोजक डा. कुन्दन अर्यालले जानकारी दिए। १३ वर्षअघि दुवै मिर्गौला प्रत्यारोपण गरेपछि ओली विगतमा पनि स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाने गर्छन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया