अमिताभले तिरिदिए २१ सय किसानको ऋण

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ३०, २०७६
|
|
२३ पटक हेरिएको
Shares
अमिताभले तिरिदिए २१ सय किसानको ऋण

सारांश

  • बलिउड अभिनेता अमिताभ बच्चनले भारतको बिहार राज्यका २१ सय किसानको ऋण चुक्ता गरिदिएका छन्।
  • ‘एउटा अर्को वचन पूरा गरें।
  • ऋण बाँकी रहेका बिहारका किसानमध्ये २१ सय किसानको छनौट गरेर उनीहरूको ऋण भुक्तान गरिएको छ।

बलिउड अभिनेता अमिताभ बच्चनले भारतको बिहार राज्यका २१ सय किसानको ऋण चुक्ता गरिदिएका छन्। ‘एउटा अर्को वचन पूरा गरें। ऋण बाँकी रहेका बिहारका किसानमध्ये २१ सय किसानको छनौट गरेर उनीहरूको ऋण भुक्तान गरिएको छ। उनीहरूलाई बोलाएर अभिषेक र स्वेताको हातबाट यो दिइयो’, अमिताभले आफ्नो ब्लगमा लेखेका छन्।अमिताभले यसअघि पनि किसानहरूको मद्त गर्दै आएका छन्। गत वर्ष उनले उत्तर प्रदेश राज्यका १ हजारबढि किसानको ऋण चुक्ता गरिदिएका थिए।

यस्तै महाराष्ट्रका करिब ३५० किसनको पनि उनले ऋण तिरेका थिए। यसका अलावा उनले ब्लगमा भारतको काश्मिर स्थिति पुलुवामामा अमलामा भएको आतंकवादी हमलामा ज्यान गुमाएका सैनिकको स्मरण गरे।‘एउटा अर्को वचन पूरा गर्नु छ, देशको लागि पुलुवामामा ज्यान अर्पण गर्ने सैनिकका परिवार तथा पत्नीहरूलाई आर्थिक सहयोग गर्नुछ। सच्चा शहिद ‘ भनेर उनले लेखेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?