डम्पिङ साइट निर्माण गर्न जग्गा अभाव

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २२, २०७९
|
|
२५ पटक हेरिएको
Shares
डम्पिङ साइट निर्माण गर्न जग्गा अभाव

सारांश

  • दोधारा चाँदनी ।
  • कञ्चनपुरको भीमदत्त नगरपालिकामा फोहरमैला प्रशोधन केन्द्र (डम्पिङ साइट) निमार्ण गर्न जग्गा नपाउँदा समस्या भएको छ ।
  • लामो समयदेखि नगरपालिकाले फोहरमैला प्रशोधन केन्द्रका लागि उपयुक्त जग्गा भेट्टाउन नसक्दा प्रशोधन केन्द्र निर्माण अन्योलमा छ ।

दोधारा चाँदनी । कञ्चनपुरको भीमदत्त नगरपालिकामा फोहरमैला प्रशोधन केन्द्र (डम्पिङ साइट) निमार्ण गर्न जग्गा नपाउँदा समस्या भएको छ । लामो समयदेखि नगरपालिकाले फोहरमैला प्रशोधन केन्द्रका लागि उपयुक्त जग्गा भेट्टाउन नसक्दा प्रशोधन केन्द्र निर्माण अन्योलमा छ ।

एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा भीमदत्त नगरपालिकामा आधुनिक सडक निर्माणसँगै फोहर व्यवस्थापनका लागि फोहरमैला प्रशोधन केन्द्र स्थापना गर्ने योजना भए पनि समयमा जग्गा उपलब्ध नहुँदा एडिबीको बजेट फिर्ता भएको नगरपालिकाका इञ्जिनीयर हिमालय सिंह ऐरले जानकारी दिए । “प्रशोधन केन्द्रका लागि एडिबीबाट रु ५० करोड बजेट आएको थियो, नगरपालिकाले समयमा जग्गा उपलब्ध गराउन नसक्दा त्यो रकम फिर्ता भयो”, उनले भने, “अहिले नगरपालिका आफैले प्रशोधन केन्द्र निमार्णका लागि जग्गा खोजिरहेको छ ।”

उनले अब नगरपालिकाले आफ्नै लगानीमा प्रशोधन केन्द्र बनाउनु परेको बताए । यसअघि नगरपालिकाले भीमदत्त नगरपालिकाको चुरेक्षेत्रमा प्रशोधन केन्द्र बनाउने भने पनि स्थानीयवासीको विरोधका कारण बन्न नसकेको हो ।नगरपालिकाले जग्गा खोज्नका लागि यसअघि वडाध्यक्षको नेतृत्वमा समिति बनाएर प्रतिवेदन बुझाइसकेको छ । जग्गाको विषय र स्थान टुङ्गो नलाग्दा यहाँ केन्द्र निर्माणमा ढिलाइ भइरहेको भीमदत्त नगरपालिकाका प्रवक्ता खड्काले बताए ।

“फोहरमैला प्रशोधन केन्द्र स्थापनाका लागि जग्गा खोजिरहेका छौँ”, खड्काले भने, “जग्गा खरिद गरेर वा सार्वजनिक जग्गा उपयोग गरेर भए पनि केन्द्र निर्माणमा पालिकाले पहल गरीरहेको छ ।” महेन्द्रनगर बजारबाट मात्रै दैनिक ६ देखि सात टनसम्म फोहर उठ्ने गरेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चर्चित गायक शिव परियार मोटरसाइकल दुर्घटनामा घाइते !!! कसरी भयो दुरघट्ना (भिडियो सहित)
चर्चित गायक शिव परियार मोटरसाइकल दुर्घटनामा घाइते !!! कसरी भयो दुरघट्ना (भिडियो सहित)
राजपा नेपाल र फोरम नेपाललाई मिलाउने को हुन सुत्रधार ?
राजपा नेपाल र फोरम नेपाललाई मिलाउने को हुन सुत्रधार ?
प्रेमी संग बिछोड हुदा यस्तो गीत लेखे सुमन पौडेलले ।(भिडियो सहित)
प्रेमी संग बिछोड हुदा यस्तो गीत लेखे सुमन पौडेलले ।(भिडियो सहित)
निर्मला हत्या प्रकरण : डिएनए नमिले विशेष अनुसन्धान टोली गठन
निर्मला हत्या प्रकरण : डिएनए नमिले विशेष अनुसन्धान टोली गठन
खरको छाना विस्थापित गर्न मन्त्री ज्ञवालीको पहलमा प्रत्येक गाउँपालिकालाई २० लाख
खरको छाना विस्थापित गर्न मन्त्री ज्ञवालीको पहलमा प्रत्येक गाउँपालिकालाई २० लाख
जिम्बाब्वेका पूर्व शासक मुगाबेको बाटो नरोज्न प्रधानमन्त्री ओलीलाई मीनेन्द्र रिजालकाे चेतावनी
भाइटीकामा बाल गोपालेश्वरको मूलढोकामै पूजा एवं दर्शन गर्न दिइने
भाइटीकामा बाल गोपालेश्वरको मूलढोकामै पूजा एवं दर्शन गर्न दिइने
Dipika Kakar hits back at trolls who slammed her for celebrating Eid!
Dipika Kakar hits back at trolls who slammed her for celebrating Eid!
यसकारण भयाे नेकपा केन्द्रीय सचिवालयको बैठक अन्तिम समयमा आएर स्थगित
यसकारण भयाे नेकपा केन्द्रीय सचिवालयको बैठक अन्तिम समयमा आएर स्थगित
वाम गठबन्धनको घोषणापत्र सार्वजनिक आज
वाम गठबन्धनको घोषणापत्र सार्वजनिक आज

तपाईंले छुटाउनुभयो कि?