आजको राशिफलमा के छ तपाईंको भाग्य ? हेर्नुहोस्

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ११, २०७५
|
|
३४ पटक हेरिएको
Shares
आजको राशिफलमा के छ तपाईंको भाग्य ? हेर्नुहोस्

सारांश

  • मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ।
  • विशेष योजना सार्वजनिक नगर्नुहोला।
  • दिगो योजनामा अघि बढ्दा लाभ मिल्नेछ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। दिगो योजनामा अघि बढ्दा लाभ मिल्नेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा पछि परिनेछ। दाजुभाइमा असमझदारी बढ्न सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
केही अवसर प्राप्त भए पनि दैनिकीमा परिवर्तन नआउन सक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ। परिस्थितिवश अरूका लागि अलमलिनुपर्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)                                                                                चुनौतीपूर्ण कामको दायित्व लिनाले दु:ख पाइनेछ। सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?