डाक्टर केसीलाई आइसियुमा राख्न सुझाव
सारांश
- काठमाडौं ।
- चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनसनमा रहेका डाक्टर गोविन्द केसीलाई सुविधा सम्पन्न अस्पताल लैजान सुझाएका छन् ।
- यही पुस २५ देखि इलाम पुगी अनसन बसेका केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि अन्यत्र लैजान सुझाएका हुन् ।
काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनसनमा रहेका डाक्टर गोविन्द केसीलाई सुविधा सम्पन्न अस्पताल लैजान सुझाएका छन् । यही पुस २५ देखि इलाम पुगी अनसन बसेका केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि अन्यत्र लैजान सुझाएका हुन् ।
सोमबार डाक्टर केसीलाई अनसनस्थलबाट जिल्ला अस्पतालमा लगिएको छ । शरीरमा एकचोटी धेरै समस्या देखिएपछि अस्पताल भर्ना गरिएका डा केसीलाई सघन उपचार कक्ष ९आइसियु० मा राख्न चिकित्सकले सुझाव दिएका छन् ।
डाक्टर केसीको शारीरिक अवस्था एकदमै कमजोर बन्दै गएको, निमोनियोको संक्रमण देखा परेको, मुटुको चालमा समेत समस्या देखिएको भन्दै चिकित्सकले तत्काल आइसियुमा भर्ना गर्न अनुरोध गरेका हुन् ।
डा केसीको स्वास्थ्य जाँचमा खटिएका चिकित्सक डा विजेन्द्रकुमार साहले डा केसीको घाँटी र दायाँ फोक्सोमा संक्रमण देखिएको र स्वास्थ्य अवस्था कमजोर बन्दै गएकोले सामान्य अवस्थामा राख्न नमिल्ने बताए ।
प्रतिक्रिया