किन घरसहित सबै सम्पत्ति बिक्री गर्दै छन रोनाल्डो ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३, २०७५
|
|
२८ पटक हेरिएको
Shares
किन घरसहित सबै सम्पत्ति बिक्री गर्दै छन  रोनाल्डो ?

सारांश

  • पोर्चुगलका फुटबल स्टार क्रिष्टियानो रोनाल्डोले आफ्नो थुप्रै सम्पत्ति बिक्री गर्ने भएका छन् ।
  • केही दिन अघि रियल मड्रिडबाट इटालिएन क्लब युभेन्टसमा अनुबन्ध भएका स्टार स्ट्राकर रोनाल्डोले स्पेनमा रहेको घरसहित सबै सम्पत्ति बिक्री गर्ने भएका हुन् ।
  • आफूलाई कर छलीको आरोपमा दुःख दिएकाले स्पेनसँग जोडिएका कुनै पनि चिज आफूसँग नराख्ने मनसायमा रहेका पोर्चुगलको पत्रिका एल कोरेइओ डो मान्हाले लेखेको छ ।

पोर्चुगलका फुटबल स्टार क्रिष्टियानो रोनाल्डोले आफ्नो थुप्रै सम्पत्ति बिक्री गर्ने भएका छन् । केही दिन अघि रियल मड्रिडबाट इटालिएन क्लब युभेन्टसमा अनुबन्ध भएका स्टार स्ट्राकर रोनाल्डोले स्पेनमा रहेको घरसहित सबै सम्पत्ति बिक्री गर्ने भएका हुन् ।

आफूलाई कर छलीको आरोपमा दुःख दिएकाले स्पेनसँग जोडिएका कुनै पनि चिज आफूसँग नराख्ने मनसायमा रहेका पोर्चुगलको पत्रिका एल कोरेइओ डो मान्हाले लेखेको छ । ३३ वर्षका रोनाल्डोले ९ वर्षअघि अर्थात सन् २००९ मा म्यानचेस्टर युनाइटेडबाट रियल मड्रिड आउँदा पनि यस्तै गरेका थिए । उनले त्यो बेला म्यानचेस्टरमा रहेको घर २० मिलियन युरोमा बेचेका थिए, जुन उनले ४.५ मिलियन युरोमा किनेका थिए ।

रोनाल्डोले आफूसँग रहेका २२ कार पनि बेच्न चाहेको खबरमा उल्लेख छ । रोनाल्डोले इटालीमा नयाँ घर किनिसकेका छन् । रोनाल्डोले स्पेनमा रहेको घर बेच्ने योजना बनाएको बताइए पनि उनले स्पेनमा बनाउँदै गरेको होटलका बारेमा भने अहिले नै केही खुलेको छैन ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Ram Kumar Shrestha

    Basai sarna

    Comment Author

    Prabina Ghale

    घर जग्गा किन बेचमा लगानी घाटा

    Comment Author

    Prabina Ghale

    चौबर नाफा छ रुनु उचीत हैन

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?