दिपेश कँडेलको ह्याट्रिकमा नेपाल विश्वकपमा छनोट

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन १९, २०७९
|
|
२९ पटक हेरिएको
Shares
दिपेश कँडेलको ह्याट्रिकमा नेपाल विश्वकपमा छनोट

सारांश

  • काठमाडौं ।
  • नेपाल आईसीसी यू१९ विश्वकपमा छनोट भएको छ ।
  • बिहिबार भएको खेलमा युएईलाई ७ रनले पराजित गर्दै नेपाल ८ वर्षपछि विश्वकपमा छनोट भएको हो ।

काठमाडौं । नेपाल आईसीसी यू१९ विश्वकपमा छनोट भएको छ । बिहिबार भएको खेलमा युएईलाई ७ रनले पराजित गर्दै नेपाल ८ वर्षपछि विश्वकपमा छनोट भएको हो ।

नेपालको रोमाञ्चक जितमा दिपेश कँडेलले उत्कृष्ट बलिङ गरे । अन्तिममा ह्याट्रिक लिएका उनले ५ विकेट लिए । नेपालले दिएको १९२ रनको लक्ष्य पछ्याएको युएईले ४८ ओभरमा सबै विकेट गुमाएर १८४ रनमात्र बनायो । युएईका इथान डिसुजा ५० तथा आर्यन सक्सेनाले ३४ रन बनाए ।

युएईलाई जितका लागि ८ रन चाहिएको बेला नेपालका कँडेलले ह्याट्रिक लिँदै टोलीलाई जित दिलाएका हुन् । यूएईको अजमानमा टस हारेर ब्याटिङ गरेको नेपालले देव खनालको अर्धशतक सहयोगमा ४८.१ ओभरमा सबै विकेट गुमाएर १९१ रनको योगफल बनाएको थियो ।

जितसँगै नेपाली टिम अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोलभेडाको दाम झर्यो २ रुपैयामा
गोलभेडाको दाम झर्यो २ रुपैयामा
जिया खानको हत्या कि आत्महत्या ? यसरी खुल्नेछ अब रहस्य
जिया खानको हत्या कि आत्महत्या ? यसरी खुल्नेछ अब रहस्य
जुम्लाबाट राप्रपाका शाही निर्वाचित
जुम्लाबाट राप्रपाका शाही निर्वाचित
डोल्पामा ‘धामी र लामा’ले मदिरा नियन्त्रण गर्न सघाउँदै
डोल्पामा ‘धामी र लामा’ले मदिरा नियन्त्रण गर्न सघाउँदै
हमास हमलाको एक वर्ष पूरा भएकै दिन इजरेल, हमास र हिज्बुल्लाहद्वारा आक्रमण तीव्र
हमास हमलाको एक वर्ष पूरा भएकै दिन इजरेल, हमास र हिज्बुल्लाहद्वारा आक्रमण तीव्र
धान उत्पादन बढाउन आवश्यक छः राष्ट्रपति
धान उत्पादन बढाउन आवश्यक छः राष्ट्रपति
रेडी ट्रेडको गोदामबाट बरामद अधिकांश कार्टुन खोलिएको फेला
रेडी ट्रेडको गोदामबाट बरामद अधिकांश कार्टुन खोलिएको फेला
देवदह, डडेलधुरा, कपिलवस्तु, महाराजगंज, अर्घाखाँची, कैलाली, इटहरी, धनकुटा,बाजुराको ताजा मत पारीणाम
देवदह, डडेलधुरा, कपिलवस्तु, महाराजगंज, अर्घाखाँची, कैलाली, इटहरी, धनकुटा,बाजुराको ताजा मत पारीणाम
एमाले र नेकपा माओवादी केन्द्रबीच राजनीतिक ढंगको गठबन्धन भएन: महासचिव मैनाली
एमाले र नेकपा माओवादी केन्द्रबीच राजनीतिक ढंगको गठबन्धन भएन: महासचिव मैनाली
एकीकृत समाजवादीले थप्यो पदाधिकारी, सम्मानित नेता र वरिष्ठ उपाध्यक्ष पद रहने
एकीकृत समाजवादीले थप्यो पदाधिकारी, सम्मानित नेता र वरिष्ठ उपाध्यक्ष पद रहने

तपाईंले छुटाउनुभयो कि?