डाक्टर श्रीमानको कुटाईबाट घाइते भएकी पत्नीको मृत्यु
सारांश
- चिकित्सक श्रीमानको कुटाईबाट गम्भिर घाइते भएकी महिलाको उपचारका क्रममा निधन भएको छ ।
- वीरगञ्ज महानगरपालिका वडा नं २० स्थित हरपतगञ्जकी ४५ बर्षीया सुनीता यादवको शिक्षण अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको हो ।
- सुनीता नारायाणी अस्पतालमा कार्यरत मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा.
चिकित्सक श्रीमानको कुटाईबाट गम्भिर घाइते भएकी महिलाको उपचारका क्रममा निधन भएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नं २० स्थित हरपतगञ्जकी ४५ बर्षीया सुनीता यादवको शिक्षण अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको हो । सुनीता नारायाणी अस्पतालमा कार्यरत मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा. सचितानन्द यादवको जेठी श्रीमती हुन् । उनलाई यादवले निर्घात कुटपीट गरेको आरोप माइती पक्षको छ ।
सुनीताको अपरान्ह मृत्यु भएको हो । डा. यादवले आइरन तताएर डाम्नुको साथै निर्घात कुटपीट गरेको जानकारी सुनीताका माइती जनाएका छन् । माइतीपक्षले उनी र उनको परिवारका सदस्य विरुद्ध उजुरी दिइसकेका छन् ।
डा. सचितानन्द वीरगञ्जमा डा. एसएन यादव नामले परिचित छन् । चैत ६ गते बुधबार होलीको दिन राति डा. यादवले वीरगञ्ज महानगरपालिका वडा नं २० स्थित हरपतगञ्जमा सुनितालाई निर्घात कुटपिट गरेको दाबी माइती पक्षले गरेका छन् ।
बिहीबार उनलाई अचेत अवस्थामा उद्दार गरेर उपचारका लागि गण्डक अस्पतालमा र्पुयाइएको थियो । आईसीयूमा राखेर उपचार गर्दा पनि अवस्थामा सुधार नआएपछि चैत १२ गते थप उपचारका लागि काठमाडौं ल्याइएको थियो ।
शुक्रबार अपरान्ह उनको निधन भएयको छ । उनका श्रीमान डाक्टर यादव प्रहरी नियन्त्रणमा छन् । स्वास्थ्य अवस्थामा समस्या देखिएपछि डा यादव नारायाणी अस्पतालको आईसीयुमा उपचाररत छन् । प्रहरीले पर्सा जिल्ला अदालतबाट पहिलोपटक पाएको तीन दिनको म्याद सकिएपछि दोस्रो पटक ७ दिनको म्याद पाएको छ ।
सुनीता यादवका माइती पक्षले डा सचितानन्द यादव, बुवा नागेन्द्र यादव, आमा आशादेवी र भाइ अचितानन्द यादवविरुद्ध चैत १२ गत नै मुद्धा दर्ता गराएका छन् ।
पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले प्रहरी नियन्त्रणमै उनको उपचार भइरहेको बताए ।
अन्य आरोपीको खोजी भइरहेको उनले बताए ।
प्रतिक्रिया