प्रदेश ५ को मुख्यमन्त्रीका एक्लो दाबेदार शंकर पोखरेल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २६, २०७४
|
|
१६ पटक हेरिएको
Shares
प्रदेश ५ को मुख्यमन्त्रीका एक्लो दाबेदार शंकर पोखरेल

सारांश

  • प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजा सार्वजनिक हुँदै गर्दा मुख्यमन्त्री को बन्ने भन्ने विषयमा चर्चा सुरु भएको छ।
  • ५२ प्रदेशसभा सदस्य रहेको प्रदेश नम्बर ५ मा मुख्यमन्त्रीका एकल दाबेदार हुन् एमाले नेता शंकर पोखरेल।
  • प्रदेश नम्बर ५ मा वाम गठबन्धनले प्रदेशसभामा ४३ सिट जितेको छ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजा सार्वजनिक हुँदै गर्दा मुख्यमन्त्री को बन्ने भन्ने विषयमा चर्चा सुरु भएको छ। ५२ प्रदेशसभा सदस्य रहेको प्रदेश नम्बर ५ मा मुख्यमन्त्रीका एकल दाबेदार हुन् एमाले नेता शंकर पोखरेल। प्रदेश नम्बर ५ मा वाम गठबन्धनले प्रदेशसभामा ४३ सिट जितेको छ। प्रत्यक्षतर्फ एमालेले मात्रै २९ सिट जितेर एकल बहुमत हासिल गरेको छ।

प्रदेश नम्बर ५ मा माओवादी केन्द्रले १४, कांग्रेसले ६ र संघीय समाजवादी फोरम नेपालले ३ सिटमा विजय हासिल गरेको छ। निर्वाचनको परिणामले समेत पोखरेल निर्विकल्प मुख्यमन्त्रीका दाबेदार भएका छन्। एमालेका स्थायी समिति सदस्य पोखरेल दाङ क्षेत्र नम्बर २ (क) बाट विजयी भएका छन्। पोखरेल अनेरास्ववियुका पूर्व अध्यक्ष हुन्।

पोखरेल मुख्यमन्त्रीका एक्लो दाबेदार भनिएको भए पनि माओवादीका नेता कुलप्रसाद केसी ‘सोनाम’को नाम समेत मुख्यमन्त्रीको रुपमा चर्चामा छ। रोल्पाको (क) बाट केसी विजय भएका छन्।

एमाले नेता पोखरेल र माओवादी नेता कृष्णबहादुर महराको निर्वाचन क्षेत्र एउटै परेपछि एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुख्यमन्त्री बनाउने सहमति जनाएपछि पोखरेल प्रदेशसभामा लड्न तयार भएका थिए। ओली र प्रचण्डकै मुख्यमन्त्री बनाउने प्रतिबद्धतामा प्रदेश सभामा उम्मेदवार भएका वाम गठबन्धनको दुई तिहाई बहुमतसहितको मुख्यमन्त्री बन्ने पक्का भएको छ।

पोखरेलले भोट माग्ने क्रममा समेत प्रदेशसभा आफ्नो रहर नभएपनी ओली र प्रचण्डको आग्रहमा उम्मेदवार भएको बताएका थिए। पोखरेल आफू मुख्यमन्त्री भएपछि ५ वर्षमा प्रदेश ५ लाई कस्तो बनाउने भन्ने खाका नै लिएर चुनावमा होमिएका थिए। उनले सरकार बनेपछि पाँच वर्ष प्रदेश ५ लाई नमुना बनाउने बताए।

पोखरेलका योजना
मुख्यमन्त्रीका दाबेदार पोखरेलले ५ प्रदेशमा ३ वटा ठूला महानगर बनाउने घोषणा गरेका छन्। घोराही-तुलसीपुर, कोहलपुर-नेपालगन्ज र भैरहवा-बुटवल गरी प्रदेशमा ठूला महानगर बनाउने योजना सार्वजनिक गरेका हुन्।

‘दिल्ली, कलकत्ता र मुम्बई जस्तै महानगर प्रदेश ५ मा बनाउँछु। यो मेरो परिकल्पना हो।’ दाङलाई प्रशासनिक राजधानी, नेपालगन्जलाई औद्योगिक राजधानी र बुटवललाई पर्यटकीय राजधानी बनाउने पोखरेलको योजना छ।

‘तीन महानगर भित्र ठूला-ठूला पार्क बनाइने छ, पार्कभित्र ठूला-ठूला ताल हुनेछन्, मानिसलाई घुम्नका लागि नैनीतालको अनुभव महानगरका तालले दिनेछन्,’ पोखरेलले भने। नेता पोखरेलले पछिल्लो समयमा नेपालकै बाटो भएर कैलाश मानसरोबर जाने पर्यटकको ठूलो चाप रहेको भन्दै मानसरोबर जस्तै ताल र त्यसको बीचमा कैलाश पर्वतको प्रतिमूर्ति बनाउने परिकल्पना समेत गरेका छन्।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Shiva Oli

    Very good

    Comment Author

    Purna Tamange

    बधाई छ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?