डा गोबिन्द केसी को जायज माग पूरा हुन्छ, कसैले आन्द्रादेखिको बल लगाउन जरुरी छैन: मन्त्री लालबाबु पण्डित
सारांश
- काठमाडौ, ५ साउन ।
- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले वर्तमान सरकार ले डा गाेबिन्द केसीका जायज माग पुरा गर्न सरकार सकारात्मक रहेको बताएका छन् ।
- राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पण्डितले डा केसीका जायज माग पुरा हुने बताएका हुन् ।
काठमाडौ, ५ साउन ।संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले वर्तमान सरकार ले डा गाेबिन्द केसीका जायज माग पुरा गर्न सरकार सकारात्मक रहेको बताएका छन् ।
राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पण्डितले डा केसीका जायज माग पुरा हुने बताएका हुन् ।
उनले भने,‘हामी डाक्टर केसीका मागहरु वार्ताको माध्यमबाट सम्बोधन गर्न तयार छौं, हामीले वार्ता टोली पनि बनाएका छौं, वार्ताबाहेक आँखा चिम्लिएर सडकबाट माग पूरा गर्नुपर्छ भनेर हुँदैन्, भोलि कसैलाई प्रधानमन्त्री बन्न रहर लागेर अनशन बस्यो भने के हामीले विचरा अनशन बसिहाल्यो भनेर भन्ने हो त ? लोकतान्त्रिक प्रक्रिया र पद्धती छ नि।’
साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले संसदमा प्रस्तुत भएको चिकित्सा शिक्षा विद्येयक कुनै पनि हालतमा फिर्ता हुने सम्भावना नरहेको सुनाए । उनले भने,‘संसदमा प्रस्तुत भएको विद्येयक संशोधनमार्फत पारित हुनसक्छ, तर बिच बाटोबाटै फिर्ता लिने काम हामीबाट हुँदैन, यो सम्भव छैन्।’
सरकारको तर्फबाट आफूहरुले डाक्टर केसीका मागहरु पूरा गर्न कुनै कसर बाँकी नराखेको उनको भनाई छ । उनले भने,‘उहाँको जीवन रक्षाको लागि पहलकदमी लिएका छौं, डाक्टर केसीले उठाएका जायज मागहरु वार्ताको माध्यमबाट समाधान हुन्छन्।’ डाक्टर केसीको अनशन सफल भएन आफ्नो पार्टीको औचित्य नै समाप्त हुनेगरि केही नेताहरु लागिपरेको र यो देख्दा आफूलाई दुःख लागेको मन्त्री पण्डितको भनाई छ ।
उनले भने,‘कसैले आन्द्रादेखिको बल लगाउन जरुरी छैन, संविधान, ऐन, कानून, नियम र प्रजातान्त्रिक अभ्यास अनुसार चल्नुपर्छ, सरकार डाक्टर केसीका जायज मागहरु पूरा गर्नेतर्फ अग्रसर छ, सरकारको यही आग्रह छ र रहन्छ, अहिलेसम्म अनशनबाट मात्रै कुनै पनि मुद्दा समाधान भएका छैनन, त्यसैले वार्ता र सहमति खोज्नुपर्छ, सम्वाद गर्नुपर्छ।’
नेपालबाट हरेक बर्ष ठुलो सङ्ख्यामा बिद्यार्थीहरु मेडिकल शिक्षाका लागी बिदेशिनु पर्ने, यसरि देश बाट ठुलो रकम बाहिरिइरहेको र सरकार यो प्रथाको अन्त्यका लागी अग्रसर रहेको मन्त्री पण्डितले बताए । जनताको बिश्वास जितेको सरकारले हिमाल पहाड तराई सबै क्षेत्रका जनताका समान व्यबहार गर्ने कुरा समेत मन्त्री पण्डितले जोडे । तराईलाई फरक व्यबहार गरेको आरोप लागिरहेका बेला तराई बिकासका लागी इतिहास मै सबैभन्दा ठुलो रकम, ५ अरब ५ करोड, यहि सरकारले बिनियोजन गरेको उनले बताए ।
वर्तमान सरकार जनताको भावना र चाहना विपरित नरहेको सुनाउँदै उनले नकारात्मक कुरामात्रै बोक्ने र च्याँखे थापेर सरकारलाई अप्ठ्यारो पार्ने काम नगर्न पनि सुझाए । उनले भने,‘नकारात्मक कुरामात्रै बोकेर र च्याँखे थापेर सरकारलाई अप्ठ्यारो नपारौं, यसले प्रतिफल राम्रो दिँदैन्।’
सरकार नीति तथा कार्यक्रम, बजेट ल्याएर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान लागु गर्ने बाटोमा दृढताका साथ अघि बढिरहेको उनले विश्वास दिलाए । उनले भने,‘जनताको विश्वास प्राप्त सरकार छ, हामी पूर्ण रुपमा प्रजातान्त्रिक तरिकाबाट काम गर्छौं।’ यद्धपी मन्त्री पण्डितले अहिले नै जनतासामू गरेका वाचा अनुसार सबै काम पूरा भैसक्यो र जनताका चाहना सबै पूरा भैसक्यो भन्ने ठाउँमा आफूहरु नरहेको स्पष्ट पारे । उनले भने,‘हामीले जनतासामू गरेका वाचा, प्रतिबद्धता र योजनाहरु बीचमा जतिसुकै तगाराहरु लगाउने काम भएपनि ती सबै अप्ठ्याराहरु पन्छाएर हामी अगाडि बढ्छौं, सरकार अघि बढ्छ।’
सरकारलाई समर्थन गरेका राजनीतिक दलका नेताहरुलाई उनले ईमानदारितापूर्वक समर्थनलाई निरन्तरता दिन आग्रह गरे । उनले भने,‘सरकारको आलोचना गर्नेहरुले पनि उचित मूल्यांकन गरेरमात्रै बोल्नुपर्छ, हामी जनताले लिएको परीक्षाबाट पास भएर आएका हौं, आफुले भनेको कुरा जस्ताको तस्तै हुनुपर्छ भन्ने कुरा प्रजातान्त्रिक हुनै सक्दैन्।’सरकारमा सहभागी हुनको लागि राजपाका नेताहरुलाई सरकारले बारम्बार आग्रह गरिरहेको पनि उनले सुनाए । उनले भने,‘हामीले बिना पूर्वाग्रह उहाँहरुलाई सरकारमा सहभागी हुनको लागि बारम्बार आग्रह गरिरहेका छौं, आउनुहोस सरकारमा मिलेर जनताका भावना अनुसार काँधमा काँध मिलाएर काम गरौं, हामी त भनिरहेका छौं।’
रिपोर्टर्स क्लब नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा मन्त्री पण्डित सहित राजपाका नेता महेन्द्र राय यादब पनि सहभागी थिए ।
Nim Thapa
good
Bahadur Singh Bhat
कहिले हुन्छ गोविन्द केसि मरे पछी ? ५५ लाखको स्वाद यिन सम्म पुगेपछी । यिनि पनि नुनको सोझो गर्न तिर लागे होइन ।
Narayan Neupane
Mag pura kahile hola feri gagan muntari bhaye pachi
Narayan Shrestha
विदेश गयर डाक्टर पढ्ने नेपाल मेडिकल काउन्सिलले परीक्षा लिदा ८८% फेल हैन ।
Prakash Thapa
Ha ha ha…..
Netra Ghimire
यित ठिकै हाेलान भनेकाे त नालायक रछन्
Ramesh Wagle
दराे दिए पं दाईले।
Ram Mani Bhattarai
शिक्षामा निजीकरण र आर्थिक उदारिकरणको नाममा राज्यको दायित्व वाट व्यवसायीकरण गर्ने कॉंग्रेस अहिले आफूलाई समाजवादि देखाएर नक्कली मयूर
जस्तो प्वाख घुसार्न खोजेको जस्तो गर्दैछ ।
हिजो आफूले फैलाएको दोष कम्यनिस्ट सरकारलाई थोपर्न खोज्दैछ ।
जिबन खै के रैछ
Ahile pura navaya arko chunaba ma hunxa hola ni
Raggen Maharjan
Aba cycle chalayera aaunu parla?
Raggen Maharjan
Ki kaso kale pandey
Rameshwar Lal Shrestha
Jayaj mag bhaneko ko k ?
Prakash Nabin Sapkota
Kahile huncha kahile !
Lalbabu pandit jiu pahile cycle chadne ahile 1 karod ko gadi chadne vaisakyo timi pani uhi bariko mula hau
Dce Khagendra Limbu
Matengra jatro bhayer thula kura nagare hunxa
Umesh Lungba
यो मुला पनि धेरै भूकिराछकी के हो?
Bijay Gurung
Gu khane buda
Jit Pachhai
कहिले हुन्छ मन्त्री ज्यु ? डाक्टर के सि मरे पछि ? तिमी हरुलाई टाउको दुख्दा बिदेश धाउने थुक्क लाज नभयका …..
Om Prakash
kahile hunx ta mare paxi ki marsi ko bat ajhai pachen
Madhav Neupane
Ho
Mee Loon Miles
Baau tmi poni jau coma ma aab
Hira Bahadur Tamang
Aba mantri jyu naboleko ramro hajurko pani sabai pardaphas baisakeko chha
Deepak Raj Poudel
भिखारि मन्त्री चन्दा उठायेर चुनाब जितेको भात पचाउन बोलेको
Bigyan Bastakoti
Yo pani kam xina
Narayan Kandel
Sahi ho
Gyanu Thapa
K heri basdai thiyo ta sarkar pandit ju
Niranjan Khanal
कालाे लाइ के लाल भनेकाे हाेला काल बाबु भन्नु पर्ने हैनन र?
Bed Nath Neupane
मन्त्री भए भन्दैमा महोदय,बोलिको भाषा परिवर्तन नगर्नु होला है,हिजो तपाइँ पनि हामी सरह नै जनता हुनुहुन्थ्यो आज त्यहा सम्म हामीले नै पठाएको नबिर्सनु होला।
Santa Rai
Yes yo ho ni ta bhanai matra jayaj maag sabai Hoina sabailai chetana bhaya
Kiran Pun
कांग्रेसलाई पनि सत्तामा हुँदा नपच्ने
कम्युनिस्टलाई पनि सत्तामा हुँदा नपच्ने अरुबेला पच्ने त्यो के हो ?
# गोविन्द के.सी. को जनपक्षीय माग #
Bindash Pandeypandey
good
Chitra Rana
yeslaipani cycle bat pajero jeep ko damb chhadho.
Jayram Patel
कहिले हुन्छ मरे पछी ? के खाएर सुत्नु भाको थियो आज 22 दिन पछी निन्द्रा खुलेको छ तपाइको ?
Thapachhabiraj Thapa
No lal babu pandit, jal babu pandit you are also same category
Narayan Wagle
manxe ho bhane hajurle yo bhaana lag lagdai
Manohar Jha
जे गर्नु गर्यो यो सब मार्सी को भात ले गर्यो
Mahesh Belbase
मार्सी चावल को भात खायपछी धैरै निद्रा लागेछ पंडित बाजेलाई पनी के-के गर्यो-गर्यो यो सब मार्सी को भात ले गरेको हो!