कांग्रेसले बनायो कास्की-२ मा खेमराज पौडेललाई उम्मेद्वार

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २०, २०७६
|
|
२६ पटक हेरिएको
Shares
कांग्रेसले बनायो कास्की-२ मा खेमराज पौडेललाई उम्मेद्वार

सारांश

  • काठमाडौं।
  • नेपाली कांग्रेसले कास्की–२ बाट खेमराज पौडेललाई उम्मेद्वार बनाउने निर्णय गरेको छ।
  • बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले पुराना नेता पौडेललाई उम्मेद्वार बनाउने निर्णय गरेको हो।

काठमाडौं। नेपाली कांग्रेसले कास्की–२ बाट खेमराज पौडेललाई उम्मेद्वार बनाउने निर्णय गरेको छ। बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले पुराना नेता पौडेललाई उम्मेद्वार बनाउने निर्णय गरेको हो।

कास्कीमा कांग्रेसका अभिभावक समेत भनिने पौडेल प्रतिबन्धित अवस्थादेखि कांग्रेसका सक्रिय सदस्य हुन्। लामो समय शिक्षक पेशामा संलग्न पौडेललाई कास्की क्षेत्र नम्बर दुईबाट उम्मेद्वार बनाउने भन्दै २०४८ सालमा राजीनामा दिन लगाइएको थियो। तर पछि उनको ठाउँमा शुक्रराज शर्मालाई उम्मेद्वार बनाएको थियो। शर्मा पनि तत्कालीन एमाले उम्मेद्वार तुलबहादुर गुरुङसँग पराजित भएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?