डोटीको दिपायललाई ७ नम्बर प्रदेशको राजधानी बनाउन शीर्ष नेतालाई ज्ञापन
सारांश
- काठमाडौँ, २० पुस ।
- प्रदेश नं ७ को राजधानी डोटीको दिपायललाई बनाउन माग गर्दै स्थानीय जागेका छन् ।
- दिपायलका विभिन्न दलका नेता कार्यकर्ताहरुले प्रमुख दलका शीर्ष नेतालाई भेटी ज्ञापनपत्र बुझाएर दवाव दिएका छन् ।
काठमाडौँ, २० पुस । प्रदेश नं ७ को राजधानी डोटीको दिपायललाई बनाउन माग गर्दै स्थानीय जागेका छन् । दिपायलका विभिन्न दलका नेता कार्यकर्ताहरुले प्रमुख दलका शीर्ष नेतालाई भेटी ज्ञापनपत्र बुझाएर दवाव दिएका छन् ।
डोटीका विभिन्न दल सम्मिलित नेता कार्यकर्ताले प्रदेश नं ७ को अस्थायी राजधानी धनगढीलाई घोषणा गर्ने तयारी भइरहेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरुले धनगढी नभई दिपायललाई राजधानी तोकिनुपर्ने तर्क अगाडि सारेका छन् ।
उक्त प्रतिनिधिमण्डलले काठमाडौँमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले) उपमहासचिव विष्णु पौडेललाई ज्ञापनपत्र बुझाएको बताइएको छ । ज्ञापनपत्रमा राणाकालीन समयदेखि नै दिपायल सुदूरपश्चिमको केन्द्र रहेको र सबै जिल्लाको समदुरीमा रहेकाले दिपायललाई नै हाललाई अस्थायी प्रादेशिक राजधानी तोक्नुपर्ने माग गरिएको छ ।
अन्नको भण्डारका रुपमा रहेको तराईको सीमित भू–भागमा हुने तीव्र बसाइँसराइ, वैदेशिक सुरक्षा संवेदनशीलता, संघीयताको आधारभूत मूल्यमान्यताले पनि दिपायल सामरिक महत्वको क्षेत्र भएको ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्रमा प्रतिनिधिसभा सदस्य एवं एमाले नेता आलेमगर, काँग्रेस महासमिति सदस्य एवं डोटी (क) प्रदेशसभा सदस्य भरतबहादुर खड्का, माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं डोटी (ख)का प्रदेशसभा सदस्य त्रिलोचन भट्ट लगायतको हस्ताक्षर गरेका छन् ।
(Ativan)
प्रतिक्रिया