ठोरी बस्तीलाई डढेलोले घेर्यो

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ५, २०७४
|
|
३२ पटक हेरिएको
Shares
ठोरी बस्तीलाई डढेलोले घेर्यो

सारांश

  • चितवन जिल्लाको ठोरी गाउँपालिकाका बस्ती डढेलोको जोखिममा परेका छन् ।
  • सामुदायिक वन तथा राष्ट्रिय निकुञ्जले घेरिएको ठोरीमा चारैतिर डढेलो लागेपछि छेउछाउका बस्तीमा फैलने जोखिम छ ।
  • चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा शनिबारदेखि डढेलो लागेको हो ।

चितवन जिल्लाको ठोरी गाउँपालिकाका बस्ती डढेलोको जोखिममा परेका छन् । सामुदायिक वन तथा राष्ट्रिय निकुञ्जले घेरिएको ठोरीमा चारैतिर डढेलो लागेपछि छेउछाउका बस्तीमा फैलने जोखिम छ ।

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा शनिबारदेखि डढेलो लागेको हो ।

शनिबार बिहानै सरस्वती सामुदायिक वनमा लागेको आगो वडा नम्बर १ को सरस्वतीनगरस्थित फायर लाइन बस्तीमा सल्किएको थियो ।

खेतबारीसम्म आइसकेको डढेलो स्थानीय, प्रहरी, सामुदायिक वन समूहका पदाधिकारीले संयुक्त रूपमा नियन्त्रणमा लिएका थिए ।

स्थानीय प्रेम लामाका अनुसार सामुदायिक वनको डढेलो शनिबार बिहान सात बजेदेखि स्थानीयको खेतबारीमा सल्केको थियो । तत्कालै प्रयास थालिए पनि तीन घण्टामा डढेलोले झन् ठूलो रूप लियो । ‘दिउँसो साढे २ बजे बल्ल नियन्त्रणमा आयो,’ लामाले भने, ‘तत्कालको जोखिम टरे पनि ढुक्क हुने अवस्था छैन ।’ यो खबर आजको कान्तिपुरमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?