यी हुन अबको प्रधानन्यायाधीशको दौडमा रहने स्थायी न्यायाधीश
सारांश
- काठमाडौं, १८ साउन ।
- प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशी संसदीय सुनुवाई विशेष समितिबाट दुई तिहाइले अस्वीकृत भए लगत्तै सर्वोच्च अदालतको भावी प्रधानन्यायाधीश को बन्लान् भन्ने प्रश्न उब्जिएको छ।
- भावी प्रधानन्यायाधीश हुन योग्यता पुगेका न्यायाधीशद्वय ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर राणा अबको दौडमा रहनेछन्।
काठमाडौं, १८ साउन । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशी संसदीय सुनुवाई विशेष समितिबाट दुई तिहाइले अस्वीकृत भए लगत्तै सर्वोच्च अदालतको भावी प्रधानन्यायाधीश को बन्लान् भन्ने प्रश्न उब्जिएको छ। भावी प्रधानन्यायाधीश हुन योग्यता पुगेका न्यायाधीशद्वय ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर राणा अबको दौडमा रहनेछन्। न्यायाधीश हुनका लागि संविधानले तोकेको ३ वर्ष सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा रही कार्य गरिसकेको हुनुपर्ने योग्यता दुवैको पुगेको छ।
न्यायपरिषद्ले संवैधानिक परिषद्लाई प्रधानन्यायाधीश हुनका लागि योग्य न्यायाधीशको नाम सिफारिश गर्दा रोस्टरमा समावेश गरिएकाले उनीहरुमध्ये एकले नेतृत्व पाउने निश्चित छ। राणाभन्दा मिश्र वरिष्ठ भएकाले उनको नाम संवैधानिक परिषद्ले सिफारिस गर्नसक्ने देखिएको छ।मिश्र र राणा २०७१ जेठ १३ मा सर्वोच्च अदालतको स्थायी न्यायाधीश भएका थिए। एकै पटक सिफारिस भएका उनीहरुमध्ये मिश्र विशेष अदालत हुँदै सर्वोच्च पुगेका हुन् भने राणा उच्च अदालतको मुख्य न्यायाधीशबाट सर्वोच्च आएका हुन्।
न्यायाधीशका रुपमा राणा वरिष्ठ भए पनि दुई पटक न्यायपरिषद्ले उनलाई कारबाही स्वरुप बढुवा नगरी उच्च अदालतमै राखेपछि मिश्रभन्दा पछाडि परेका थिए। नयाँ प्रधानन्यायाधीशका लागि अब संवैधानिक परिषद्ले पुनः सिफारिस गर्नुपर्नेछ। उक्त नाममा संसदीय समितिले पुनः छानबिन गरी अनुमोदन गर्नेछ।
प्रतिक्रिया