सहिदपुत्रको जीवनरक्षाको लागि आफै कस्सिए उपराष्ट्रपतिपुत्र दीपेश
सारांश
- काठमाडौं, २२ माघ ।
- माडी गाउँपालिका–५ भावाङ रोल्पाका जनयुद्धका सहिदपुत्र २९ वर्षीय सन्तोष बुढामगरको जीवनरक्षाका लागि उपराष्ट्रपतिपुत्र तथा अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष दीपेश पुनमगर आफै कस्सिएका छन् ।
- उनले शुरुमा आफ्नोतर्फबाट २० हजार सहयोगको घोषणा गर्दै ब्लड क्यान्सरपीडित सहिदपुत्र सन्तोषलाई सहयोग गर्न अपील गरेका छन् ।
काठमाडौं, २२ माघ । माडी गाउँपालिका–५ भावाङ रोल्पाका जनयुद्धका सहिदपुत्र २९ वर्षीय सन्तोष बुढामगरको जीवनरक्षाका लागि उपराष्ट्रपतिपुत्र तथा अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष दीपेश पुनमगर आफै कस्सिएका छन् । उनले शुरुमा आफ्नोतर्फबाट २० हजार सहयोगको घोषणा गर्दै ब्लड क्यान्सरपीडित सहिदपुत्र सन्तोषलाई सहयोग गर्न अपील गरेका छन् ।
जनयुद्धमा बुवा गुमाएका सन्तोषका जीवन संगिनीको गतवर्ष एउटा मिर्गौला गुमेको थियो । आमा, मिर्गौला पीडित श्रीमती र एक छोराको उज्यालो भविष्यका लागि वैदेशिक रोजगारीमा गएका सन्तोष ब्लड क्यान्सर भएपछि अहिले उनको एउटा मात्रै सपना छ, “बाँच्ने ।” उनका बाँकी सपना पूरा गर्न सन्तोष सबैभन्दा पहिले बाँच्नुपर्छ । ६ महिना अस्पतालमा बसेर उपचार गर्नुपर्ने, ७ वटा किमो लगाउनुपर्ने र एउटा किमोको २ लाख पर्ने हुँदा उनको उपचारका लागि २० लाख भन्दा बढी लाग्ने डाक्टरले सन्तोषको परिवारलाई बताएका छन् ।
उपराष्ट्रपतिपुत्र तथा अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष दीपेशले आफ्नो अपिलमा भनेका छन्, “अघिल्लो वर्ष श्रीमतीको उपचारमा ५ लाख खर्चेका सहिदपुत्र सन्तोषसँग अहिले ऋण बाहेक केही छैन । परिवर्तनकारी आन्दोलनमा जीवन गुमाएका सहिदपुत्र सन्तोषको उपचारका लागि तपाईं हामी सबैले सक्दो आर्थिक सहयोग गरौँ ।” दीपेशले अगाडि थपेका छन्, “मेरो व्यक्तिगत तर्फबाट पनि २० हजार दिएको छु । सेवा नै धर्म हो । सन्तोषको उपचारका लागि सहयोग जुटाउन माडी गाउँपालिका– ५, भाबाङ वडापालिकाको पहलमा रोल्पा लिबाङस्थित ग्लोबल आइएमई बैंकमा उनको जेठान अमृतबहादुर घर्तीको नाममा खोलिएको ३३०९०१११५०२७२ नं. को खातामा सिधै सहयोग जम्मा गर्न सकिनेछ ।”
प्रतिक्रिया