ड्रोन क्यामेरा उडाउने तीन जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ९, २०७५
|
|
३४ पटक हेरिएको
Shares
ड्रोन क्यामेरा उडाउने तीन जना पक्राउ

सारांश

  • ललितपुर, ९ पुस ।
  • लगनखेलमा ड्रोन क्यामेरा उडाउने तीन जना पक्राउ परेका छन् ।
  • विना अनुमति ड्रोन क्यामेरा उडाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

ललितपुर, ९ पुस । लगनखेलमा ड्रोन क्यामेरा उडाउने तीन जना पक्राउ परेका छन् । विना अनुमति ड्रोन क्यामेरा उडाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

ललितपुर महानगरपालिका १५ लगनखेलमा विना अनुमति ड्रोन क्यामेरा उडाएको भन्दै प्रहरीले आइतबार उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा काठमाडौं गंगाहिटी बस्ने सिन्धुपाल्चोकका ३८ वर्षीय पदमबहादुर खड्का, काठमाडौं बानेश्वर बस्ने काभ्रेका ३२ वर्षीय विदुरप्रसाद आचार्य र भक्तपुर व्यासी बस्ने २६ वर्षीय रोशन दुवाल रहेका छन् ।

महानगरीय प्रहरी प्रभाग लगनखेलको टोलीले उनीहरुको साथबाट एउटा ड्रोन क्यामेरा र ड्रोन क्यामेरा चलाउने ५ पाना रिपोर्ट पनि बरामद गरेको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?