ढिकुरे बजारसहित निषेधित क्षेत्र घोषणा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ७, २०७४
|
|
५१ पटक हेरिएको
Shares
ढिकुरे बजारसहित निषेधित क्षेत्र घोषणा

सारांश

  • जिल्ला प्रशासन कार्यालय नुवाकोटले लिखु गाउँपालिका–१ मा पर्ने ढिकुरे बजारसहित आसपासको क्षेत्रलाई आज निषेधित क्षेत्र घोषणा गरेको छ ।
  • नुवाकोट प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम ढिकुरे बजारदेखि पूर्वमा चौघडा, पश्चिममा बराहफेदीडाँडा, उत्तरमा माझपानी र दक्षिणमा चौघुडा क्षेत्र चारकिल्लाभित्र कुनै पनि सभा र जुलुस गर्न नपाइने गरी निषेधित क्षेत्र घोषणा गरेको सूचनामार्फत जनाएको छ ।
  • आज बिहान ६ बजेदेखि शुरु भएको निषेधित क्षेत्र साँझ ६ बजेसम्म कायम रहने जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले लिखु गाउँपालिका–१ मा पर्ने ढिकुरे बजारसहित आसपासको क्षेत्रलाई आज निषेधित क्षेत्र घोषणा गरेको छ ।

नुवाकोट प्रशासनले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम ढिकुरे बजारदेखि पूर्वमा चौघडा, पश्चिममा बराहफेदीडाँडा, उत्तरमा माझपानी र दक्षिणमा चौघुडा क्षेत्र चारकिल्लाभित्र कुनै पनि सभा र जुलुस गर्न नपाइने गरी निषेधित क्षेत्र घोषणा गरेको सूचनामार्फत जनाएको छ ।

आज बिहान ६ बजेदेखि शुरु भएको निषेधित क्षेत्र साँझ ६ बजेसम्म कायम रहने जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिनुभयो ।

चुनावी प्रचारको अन्तिम दिन आज ढिकुरेको मुख्य बजारमा नेपाली काँग्रेस र त्यसको केही मिटर दूरीमा नेकपा (एमाले) र माओवादी केन्द्रले संयुक्तरुपमा शक्ति प्रदर्शकसहित चुनावीसभा आयोजना गर्ने तय गरेका छन् । दुई शक्तिमध्ये एकलाई स्थान परिवर्तन गर्न गरेको आग्रह अस्वीकार गरेकाले बाध्य भएर निषेधित क्षेत्र घोषणा गर्नुपरेको प्रशासकीय अधिकृत शर्माले बताउनुभयो ।

दुवै गठबन्धनबाट केन्द्रीयस्तरका नेताले सम्बोधन गर्ने चुनावीसभा एकै स्थानमा सञ्चालन हँुदा हिंसा र झडप सिर्जना हुनसक्ने प्रशासनले आशंका गरेको छ । सहमतिका लागि प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवसहितको सुरक्षा निकायका प्रमुखको टोलीले आयोजकसँग गरेको प्रयास असफल भएपछि सम्भावित घटना रोक्न निषेधित क्षेत्र घोषणा गरेको प्रशासनले जनाएको छ ।

प्रशासनले निषेधित क्षेत्र घोषणा गरेपछि अब दुवै पार्टीले शक्ति प्रदर्शनसहितको चुनावीसभा अन्य स्थानमा सार्नुपर्ने भएको छ । आज हुने अन्तिम चुनावीसभामा काँग्रेसको तर्फबाट केन्द्रीय सदस्य एवं चर्चित युवा नेता गगनकुमार थापालगायत र वाम गठबन्धनका तर्फबाट एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका नेता रामबहादुर थापा आउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फेरि कञ्चनपुरमै दुई बालिका बलात्कारको घटना सार्वजनिक
फेरि कञ्चनपुरमै दुई बालिका बलात्कारको घटना सार्वजनिक
आज खण्डग्रास चन्द्रग्रहण, के गर्नु हुन्छ? के गर्नु हुँदैन?
आज खण्डग्रास चन्द्रग्रहण, के गर्नु हुन्छ? के गर्नु हुँदैन?
नेपालकै होचो गाउँपालिकाका उम्मेदवारको अग्लो एजेन्डा
नेपालकै होचो गाउँपालिकाका उम्मेदवारको अग्लो एजेन्डा
बढ्दै लागुऔषध ओसारप्रसार, एक वर्षमा ४ हजार कारोबारी पक्राउ
बढ्दै लागुऔषध ओसारप्रसार, एक वर्षमा ४ हजार कारोबारी पक्राउ
पर्यटकीय आकर्षण बन्दै लहानको ‘हात्तीदह सिमसार’
पर्यटकीय आकर्षण बन्दै लहानको ‘हात्तीदह सिमसार’
 अस्थरिता नम्त्यिाउने चलखेल भइरहेको छ :  महासचवि गुरुङ
 अस्थरिता नम्त्यिाउने चलखेल भइरहेको छ :  महासचवि गुरुङ
दुनियालाई सुरक्षा दिने सुरक्षाकर्मी कोरोनाभाइरसबाट कति सुरक्षित ?
दुनियालाई सुरक्षा दिने सुरक्षाकर्मी कोरोनाभाइरसबाट कति सुरक्षित ?
विद्यालय बन्द गरी शिक्षक आन्दोलनमा उत्रिए
विद्यालय बन्द गरी शिक्षक आन्दोलनमा उत्रिए
कैलाली पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
कैलाली पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
प्रधानमन्त्री देउवालाई श्रीमती आरजुले बुझाइन् ज्ञापनपत्र, के लेखिएको छ ?
प्रधानमन्त्री देउवालाई श्रीमती आरजुले बुझाइन् ज्ञापनपत्र, के लेखिएको छ ?