ढिलासुस्ती, घुसखोरी देशकै वाधक : नेता नेपाल
सारांश
- काठमाडौं ।
- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारी कार्यालयबाट सम्पादन हुनुपर्ने काममा ढिलासुस्ती र घुसखोरी मुलुकको समृद्धिमा मुख्य बाधक भएको बताएका छन् ।
- महोत्तरी जिल्लाको भंगाहा नगरपालिका२ सिंगहीबजारमा महेन्द्र माविको नयाँ आठ कोठे भवनको शिलान्यास, आइतबार र बुधबार लाग्ने साप्ताहिक हटियाको शुभारम्भ गर्दै वरिष्ठ नेता नेपालले ढिलासुस्ती र घुसखोरीविरुद्ध सरकार तथा अधिकारसम्पन्न निकायले मोलाहिजारहित कार्वाही गर्न कसर राख्न नहुने बताए ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारी कार्यालयबाट सम्पादन हुनुपर्ने काममा ढिलासुस्ती र घुसखोरी मुलुकको समृद्धिमा मुख्य बाधक भएको बताएका छन् ।
महोत्तरी जिल्लाको भंगाहा नगरपालिका२ सिंगहीबजारमा महेन्द्र माविको नयाँ आठ कोठे भवनको शिलान्यास, आइतबार र बुधबार लाग्ने साप्ताहिक हटियाको शुभारम्भ गर्दै वरिष्ठ नेता नेपालले ढिलासुस्ती र घुसखोरीविरुद्ध सरकार तथा अधिकारसम्पन्न निकायले मोलाहिजारहित कार्वाही गर्न कसर राख्न नहुने बताए ।
“हामी समृद्ध नेपाल र सुखी नेपालीको नारा भन्दैछौँ,” वरिष्ठ नेता नेपालले भने, “सरकारी कार्यालयबाट सम्पादन हुने सेवाबाट जनताले सजिलो अनुभूति नगरेसम्म समृद्धिको कुराले सार्थकता पाउँदैन ।” भ्रष्टाचार र ढिलासुस्तीलाइ कानूनी कार्वाही मात्र नभएर सामाजिक घृणासमेत गरिनुपर्ने नेता नेपालको भनाइ थियो ।
समारोहमा पूर्वप्रधानमन्त्री नेपालले विद्यालयका लागि अनुमानित पाँच करोड मूल्यको जग्गादान गर्ने तीनजना दातालाइ दोसल्ला ओडएर सम्मान गरे ।
प्रतिक्रिया