ब्लकेड वाज क्राइम मिष्टर मोदी’ ट्रेण्डिङले भारतीय दूतावासमा तरङ्ग !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २७, २०७५
|
|
३३ पटक हेरिएको
Shares
ब्लकेड वाज क्राइम मिष्टर मोदी’ ट्रेण्डिङले भारतीय दूतावासमा तरङ्ग !

सारांश

  • काठमाडाै, २७ वैशाख ।
  • घटना प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटले एमाले–माओवादी केन्द्रबीच हलचल सिर्जना गरिरहेकै दिनको हो।
  • अघिल्लो दिन (२४ बैशाख) का दिन प्रधानमन्त्री ओलीले ‘सत्ता समीकरण परिवर्तनमा वानी परेकाहरुले बिकास र सम्बृद्धि नचाहेको’ भन्दै ट्वीट गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को मनमा जस्तो तरङ सिर्जना भइरहेको थियो, त्यस्तै तरङ्ग अर्काे एउटा ट्वीटका कारण लैनचौरस्थित भारतीय राजदूतावासभित्र पनि हुँदै थियो।

काठमाडाै, २७ वैशाख । घटना प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटले एमाले–माओवादी केन्द्रबीच हलचल सिर्जना गरिरहेकै दिनको हो। अघिल्लो दिन (२४ बैशाख) का दिन प्रधानमन्त्री ओलीले ‘सत्ता समीकरण परिवर्तनमा वानी परेकाहरुले बिकास र सम्बृद्धि नचाहेको’ भन्दै ट्वीट गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को मनमा जस्तो तरङ सिर्जना भइरहेको थियो, त्यस्तै तरङ्ग अर्काे एउटा ट्वीटका कारण लैनचौरस्थित भारतीय राजदूतावासभित्र पनि हुँदै थियो।

शुक्रवार (भोलि)देखि हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमण (२८–२९ बैशाख) को सन्दर्भमा तीन वर्षअघिको भारतीय नाकाबन्दीपीडित नेपालीले एउटा ‘ह्यासट्याग ब्लकेड वाज क्राइम मिस्टर मोदी’ ट्विटरमा ट्रेन्डिङ गराइरहेका छन्। र, २६ बैशाखदेखि यो ह्यासट्याग ट्विटरमा पहिलाे नम्बरमा ट्रेण्डिङ गरिरहेकाे छ।

यसै हप्तादेखि सुरु भएको यो ह्यासट्यागलाई धेरैले प्रयाेग गर्दै ट्रेण्डिङमा अाएपछि भारतीय दूतावास तनाबमा पर्नु स्वभाविकै थियो। त्यसैले, त्यो ट्रेण्डिङ गर्ने अभियानकर्ताको खोजी भारतीय दूतावासले गर्न थाल्यो। राजदूत मञ्जितसिंह पुरी आफैले पनि अभियानकर्ता को-को हुन् भन्ने कुराको खोजी गर्न थाले। तिनमा विश्वदीप ह्याण्डल भएका अभियानकर्ता भेटिए।

के यी तिनै विश्वदीप पाण्डे हुन्, जो नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईको लामो समय सहयोगी थिए? भारतीय दूतावास पुगेका रिपोटर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलासँग राजदूत पुरीले कन्फर्म गर्न खोजे, ‘को हो यो विश्वदीप?’ धमलाले जवाफ दिए, ‘उनी लामो समय डा. बाबुराम भट्टराईको पिए भएका व्यक्ति हुन्। अहिले नयाँशक्तिको प्रचार विभाग प्रमुख छन्।’

त्यसपछि राजदूत पुरीले धमलाकै अघिल्तिरबाट डा. भट्टराईलाई फोन गरे। र, नेपाल भ्रमणका क्रममा मोदीले पूर्व प्रधानमन्त्रीहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको जानकारी गराए। ‘त्यस सम्बन्धमा तपाईंलाई पनि निम्तोपत्र आइसक्यो होला’ भन्दै पुन निश्चय (रिकन्फर्म) का लागि फोन गरेको जानकारी दिए। आफूले डा भट्टराईसँग ‘समथिङ इज रङ, प्लिज चेक योर सेक्रेटरी’ भनेको पुरीले निकटस्थहरुलाइ सुनाए।

स्रोतका भनाईमा, राजदूतले फेरि यताबाट ‘समथिङ इज रङ, प्लिज चेक योर सेक्रेटरी’ भनेका थिए। स्रोतको दावी के छ भने, त्यसपछि राजदूत पुरीले ‘विश्वदीप’ भन्ने जवाफ दिएको सुनियो। धमलाका भनाईमा, उनीसँग राजदूत पुरीले विश्वदीप को हो भनेर सोधेका थिए। धमलाले नेपालखबरसँग भने, ‘उनी लामो समयदेखि डा भट्टराईको सेक्रेटरी हुन् भनें र अहिले नयाँशक्ति नेपालको प्रचार विभाग प्रमुख छन् भनेर भनें।’

खासमा राजदूत पुरीले आशंका गरेका विश्वदीप हाल नयाँशक्ति नेपालको प्रचार विभाग प्रमुख एवं डा. भट्टराईका पूर्व स्वकीय सचिव विश्वदीप पाण्डे थिएनन् नेपाल खवरमा समाचार छ। उनी कान्तिपुर टेलिभिजनमा कार्यरत रही केही समयअघिमात्र जागिर छाडेका विश्वदीप लामिछाने हुन्, जसले अहिले ‘ह्यासट्याग ब्लकेड वाज क्राइम मिष्टर मोदी’ लाई ब्यापक बनाउन ट्विटरमा अभियान चलाइरहेका छन्।

ब्लकेड वाज क्राइम मिष्टर मोदी’ अभियान सञ्चालन गरिरहेका विश्वदीप (बायाँ) र नयाँशक्तिका विश्वद्वीप पाण्डेको ट्वीटर ह्याण्डल

ब्लकेड वाज क्राइम मिष्टर मोदी’ अभियान सञ्चालन गरिरहेका विश्वदीप (बायाँ) र नयाँशक्तिका विश्वद्वीप पाण्डेको ट्वीटर ह्याण्डल

डा.भट्टराई र राजदूत पुरीबीच विश्वदीपबारे थप कुनै कुराकानी भयो कि भएन, त्यो त थाहा छैन। तर भारतीय राजदूत अहिले के कुरामा प्रष्ट भइसकेका छन् भने, उनले आशंका गरेका ती व्यक्ति नयाँशक्तिको प्रचार विभाग प्रमुख रहेका विश्वदीप पाण्डे चाहिँ होइनन्।

उता, अर्का विश्वदीप चाहिँ त्यो ट्रेण्डिङलाई व्यापक बनाउन रातदिन लागिरहेकै छन्। र, बुधबारदेखि यो ह्यासट्याग ट्रेण्डिङको पहिलो नम्बरबाट तल नझरेपछि भारतीय राजदूतकाे तनाब झन बढेकाे छ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Dilip Shrestha

    मोदी नेपाली जनताको अपराधी हो ।

    Comment Author

    Bishnu Raut

    आन्तरिक मामिला मा मोदिले हस्तछेप गरि नाकाबन्दी गरे

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई नम्बर प्रदेशको मुख्यमन्त्रीको विषयमा समेत भारतीय विदेशमन्त्रीको यस्तो चासो
दुई नम्बर प्रदेशको मुख्यमन्त्रीको विषयमा समेत भारतीय विदेशमन्त्रीको यस्तो चासो
विश्वभरका ७० लाख ७१ हजार भन्दा बढी कोरोना संक्रमित मानिस निको भए
विश्वभरका ७० लाख ७१ हजार भन्दा बढी कोरोना संक्रमित मानिस निको भए
को हुन् पाँच नम्बर प्रदेशमा मुख्यमन्त्रीका एक्ला दावेदार शङ्कर पोख्रेल ?
को हुन् पाँच नम्बर प्रदेशमा मुख्यमन्त्रीका एक्ला दावेदार शङ्कर पोख्रेल ?
वीर अस्पतालमा डाक्टरको चर्तिकला, प्रहरीको घेराबन्दीमा आँगनमा उपचार
वीर अस्पतालमा डाक्टरको चर्तिकला, प्रहरीको घेराबन्दीमा आँगनमा उपचार
प्रधानमन्त्री र परराष्ट्रमन्त्रीद्वारा बेल्जियमका नयाँ प्रधानमन्त्रीलाई शुभकामना
प्रधानमन्त्री र परराष्ट्रमन्त्रीद्वारा बेल्जियमका नयाँ प्रधानमन्त्रीलाई शुभकामना
एशिया प्यासेफिक सम्मेलनः काठमाडौंमा भीभीआईपी पाहुना
एशिया प्यासेफिक सम्मेलनः काठमाडौंमा भीभीआईपी पाहुना
जहाज दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयाेग गठन, भोलि राष्ट्रिय झण्डा आधा झुकाइने
जहाज दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयाेग गठन, भोलि राष्ट्रिय झण्डा आधा झुकाइने
भुकम्पमा परी ८ काे मृत्यु, दर्जनौं बेपत्ता !
भुकम्पमा परी ८ काे मृत्यु, दर्जनौं बेपत्ता !
आज नेविसंघको समय सकिंदै, विवाद हुँदा कार्यालयमै नाराबाजी
आज नेविसंघको समय सकिंदै, विवाद हुँदा कार्यालयमै नाराबाजी
विभिन्न नाकाबाट भारतीयहरु नेपाल प्रवेश, प्रहरीकै सेटिङ देखियो
विभिन्न नाकाबाट भारतीयहरु नेपाल प्रवेश, प्रहरीकै सेटिङ देखियो

तपाईंले छुटाउनुभयो कि?