तनहुँका ४२ हजार सात सय ५५ घरधुरी स्वास्थ्य बीमामा आबद्ध

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २५, २०७९
|
|
४९ पटक हेरिएको
Shares
तनहुँका ४२ हजार सात सय ५५ घरधुरी स्वास्थ्य बीमामा आबद्ध

सारांश

  • काठमाडौँ ।
  •   तनहुँका ४२ हजार सात सय ५५ घरधुरी स्वास्थ्य बीमामा आबद्ध भएका छन् ।
  •  स्वास्थ्य बीमा बोर्डको जिल्ला कार्यालयका अनुसार ती घरधुरीका एक लाख सात हजार सात सय २५ स्वास्थ्य बीमाबाट लाभान्वित भएका छन् ।

काठमाडौँ ।  तनहुँका ४२ हजार सात सय ५५ घरधुरी स्वास्थ्य बीमामा आबद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्डको जिल्ला कार्यालयका अनुसार ती घरधुरीका एक लाख सात हजार सात सय २५ स्वास्थ्य बीमाबाट लाभान्वित भएका छन् ।

सरकारले नागरिकको स्वास्थ्य उपचारको व्यवस्था गर्न स्वास्थ्य बीमा बोर्डको गठन गरेको थियो । उक्त बोर्डमार्फत घर परिवारलाई बीमामा आबद्ध गरी सोहीमार्फत रु एक लाख रुपैयाँसम्मको उपचार निःशुल्क हुँदै आएको छ ।

जिल्लामा पहिलो वर्ष आठ हजार सात सय ५१, दोस्रो वर्ष नौ हजार ४३, तेस्रो वर्ष १७ हजार तीन सय ८९, चौथो वर्ष सात हजार पाँच सय ७२ र चालु आर्थिक वर्षमा दुई हजार दुई सय ११ घर परिवार स्वास्थ्य बीमामा आबद्ध भएको कार्यालयकी दर्ता अधिकारी सिर्जना बताउनुभयो ।

आव २०७४/०७५ बाट लागू भएको उक्त कार्यक्रमअन्तर्गत पाँच जनासम्मको सदस्य भएका परिवारले वार्षिक रु तीन हजार पाँच सय बुझाएर बीमामा आबद्ध हुन सकिन्छ । पाँच जनाभन्दा बढी सदस्य भएमा प्रतिसदस्य थप रु सात सय भुक्तानी गर्नुपर्ने प्रावधान छ ।

सरकारले विपन्न नागरिकको निःशुल्क उपचार तथा औषधिको व्यवस्थाका लागि स्वास्थ्य बीमाको अवधारणा ल्याएको थियो तर स्वास्थ्य बीमा गर्नेलाई उपचार प्रभावकारी नभएको तथा औषधि पनि पर्याप्त नपाइने गुनासो आउने गरेको छ ।

तनहुँमा दमौली अस्पताल, बन्दीपुर अस्पताल, भिमाद प्राथमिक स्वास्थ्य केन्द्र, पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्र र जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा स्वास्थ्य बीमाको सेवा लिन सकिने व्यवस्था गरिएको छ ।

वैशाख, जेठ र असार महिनामा दर्ता गर्ने सर्वसाधारणले भदौ १, साउन, भदौ र असोजमा दर्ता गर्ने सर्वसाधारणले मङ्सिर १ गते, कात्तिक मङ्सिर र पुसमा दर्ता गर्ने सर्वसाधारणले फागुन १ गते र माघ, फागुन र चैतमा दर्ता गर्ने सर्वसाधारणले जेठ १ गतेबाट सेवा प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेन-जी आन्दोलन पनि पश्चिमाको डिजाइनमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो: दुर्गा प्रसाईं
जेन-जी आन्दोलन पनि पश्चिमाको डिजाइनमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो: दुर्गा प्रसाईं
चेलीबेटी बेचबिखनमा लैजाने लागेका १० महिलाको उद्धार
चेलीबेटी बेचबिखनमा लैजाने लागेका १० महिलाको उद्धार
भूमिसुधार मन्त्री दहित–कार्यशाला उद्घाटन
भूमिसुधार मन्त्री दहित–कार्यशाला उद्घाटन
अराजकता नियन्त्रण गर्न माग
अराजकता नियन्त्रण गर्न माग
खनालको कार्यकाल सकिन एक दिन बाँकि,सरकार अझै निर्णय बिहिन
खनालको कार्यकाल सकिन एक दिन बाँकि,सरकार अझै निर्णय बिहिन
एमाले ल्यायो टुटेका मनहरु जोड्ने मार्मिक चुनाबी बिज्ञापन एमाले छदै छ नि !!!
टर्की र ग्रिस पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ
टर्की र ग्रिस पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ
ट्राफिक प्रहरीले गर्याे एक वर्षमा ३४ लाख ९५ हजार राजस्व संकलन
ट्राफिक प्रहरीले गर्याे एक वर्षमा ३४ लाख ९५ हजार राजस्व संकलन
सासंदलाई निलम्बन गर्ने कुरामा माओवादी र कांग्रेस सहमत भएनन : संयोजक पोखरेल
सासंदलाई निलम्बन गर्ने कुरामा माओवादी र कांग्रेस सहमत भएनन : संयोजक पोखरेल
१४ अाेभरकाे खेल सकिँदा नेपाल बलियाे अवस्थामा, कप्तान र उपकप्तान क्रिजमा !
१४ अाेभरकाे खेल सकिँदा नेपाल बलियाे अवस्थामा, कप्तान र उपकप्तान क्रिजमा !