सुशान्त आत्महत्या प्रकरण : मौनताको खण्डन गर्दै नयिका रिचा चड्डाको कडा जवाफ

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २९, २०७७
|
|
२५ पटक हेरिएको
Shares
सुशान्त आत्महत्या प्रकरण : मौनताको खण्डन गर्दै नयिका रिचा चड्डाको कडा जवाफ

सारांश

  • एजेन्सी, २९ असार ।
  • बलिउड नायक सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणले बलिउड दिनप्रति दिन विवादीत बन्दै गएको देखिन्छ ।
  • सुशान्तको आत्महत्या प्रकरणमा नयिका रिचा चड्डाको मौनताले स्वयम उनीमाथि नै प्रश्न खडा गरिदिएको छ ।

एजेन्सी, २९ असार । बलिउड नायक सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणले बलिउड दिनप्रति दिन विवादीत बन्दै गएको देखिन्छ । सुशान्तको आत्महत्या प्रकरणमा नयिका रिचा चड्डाको मौनताले स्वयम उनीमाथि नै प्रश्न खडा गरिदिएको छ ।

सुशान्तको हत्या प्रकरणबारे नायिका रिचा चड्डाले कुनै स्पष्टोती नदिएको र उनी मौन रहेको कारण सामाजिक सञ्जालमा केही व्यक्तिले उनको मौनता प्रति प्रश्न खडा गर्दै सुशान्तको राम्रो साथीेको रुपमा रहेपनि उनको पक्षमा किन रिचा मौन रहेको र आफूसित यस्तो व्यवहार भए यसरी नै मौन बस्थिइन् भन्दै प्रश्न सोधिएको थियो ।

नायिका रिचाले सोधिएको प्रश्नको खण्डन गर्दै जवाफमा नायिका रिचाले प्रकरणको अनुसन्धान प्रहरीले गरिरहेको बताइन् । यस विषमा प्रश्न सोध्न कसरी हिम्मत गरेको भन्दै उनी व्यक्तिमाथि खनिन् । यस विषयमा सम्पूर्ण व्यक्तिले आफ्नो तर्फबाट सहयोग गरिरहेको उनले स्पष्ट पारिन् । उनले भनिन्,‘तपाईले सामाजिक सञ्जालमा गरेको वहियात प्रश्नले मानसिक समस्या उत्पन्न गर्न भूमिका खेल्ने गर्दछ। कमजोर मानिसहरु यस्तै प्रकारका प्रश्न कारण वा मजाक सामाजिक सञ्जालमा उडाएमा आत्हत्या गर्न बाध्य हुन्छन्।’ तपाइले सोधेको प्रश्नले सुशान्तको स्मृतिलाई ठेस पुगेको बताएकी थिइन् । सुशान्तको आत्महत्यापिछ रिचाले श्रद्वान्जलीका लागी सामाजिक सञ्जालमा सुशान्तसित विताएका केही खुशीको पलहरुको तस्बीर राखेकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?