सुधारिएको चुलोकाे प्रयाेग बढ्दाे !

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ३, २०७५
|
|
३२ पटक हेरिएको
Shares
सुधारिएको चुलोकाे प्रयाेग बढ्दाे !

सारांश

  • विराटनगर, ३ भदौ ।
  • खाना पकाउँदा स्वासप्रश्वास रोगवाट झेलिँदै आएको मोरङ जिल्लाको ग्रामीण क्षेत्रका महिला सुधारिएको चुलो प्रयोग गर्न थालेको छन् ।
  • विगतमा मोरङ जिल्लाको दक्षिण ग्रामीण क्षेत्रका महिला परम्परागत रुपमा माटो चुलो प्रयोग गरी खाना पकाउने गरेकामा अब उनीहरु इन्धनको बचत हुने सुधारिएको चुलोको प्रयोगमा आकर्षण बढिरहेको छ ।

विराटनगर, ३ भदौ । खाना पकाउँदा स्वासप्रश्वास रोगवाट झेलिँदै आएको मोरङ जिल्लाको ग्रामीण क्षेत्रका महिला सुधारिएको चुलो प्रयोग गर्न थालेको छन् । विगतमा मोरङ जिल्लाको दक्षिण ग्रामीण क्षेत्रका महिला परम्परागत रुपमा माटो चुलो प्रयोग गरी खाना पकाउने गरेकामा अब उनीहरु इन्धनको बचत हुने सुधारिएको चुलोको प्रयोगमा आकर्षण बढिरहेको छ । परम्परागत माटोको चुलोलाई विस्थापित गर्न र विपन्न महिलाको स्वास्थ्यप्रति सचेत भई मोरङको धनपालथान गाउँपालिकाले सुुधारिएको धुुवाँरहित चुुलो वितरण गरिरहेको छ । दाउरालगायत अन्य इन्धनको कम खापत हुने धुवाँरहित र छिटो मीठो खाना पकाउनका लागि ग्रामीण क्षेत्रका महिलाको पहिलो रोजाइ अब सुधारिएको चुलो रहेको छ ।

यस ग्रामीण क्षेत्रमा लामो समयदेखि परम्परागत चुलो प्रयोग गर्दै बिहान बेलुकी खाना पकाउन एक भारी दाउरालगायत गुइँठा इन्धनका रुपमा प्रयोग गर्दै आएका महिला सुुधारिएको चुुलोतर्फको आकर्षण बढेको हो । परम्परागत चुुलोमा खाना पकाउँदा दाउराको जोहो धेरै गर्नुका साथै त्यसबाट आउनु धुुवाँले महिलाको स्वासप्रश्वासको रोगसमेत लाग्ने गरेको छ । स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेपछि यस क्षेत्रका महिला सुुधारिएको चुुलो प्रयोगमा वृद्धि भएको छ । मोरङ धनपालथान गाँउपालिका–४ की बुचिनीदेवी ऋषिदेवले सुधारिएको चुलो प्रयोगबाट इन्धनको कम खपतका साथै स्वास्थ्यमा पनि कम असर परेको बताए ।

सोही वडाकी राधादेवी ऋषिदेवले सुधारिएको चुुलोको प्रयोगबाट कम समयमा मीठो खाना पाक्नुका साथै धुवाँको समस्याबाट मुक्त भएको धारणा व्यक्त गर । सुधारिएको चुलोको प्रयोगबाट धुवाँबाट लाग्ने रोगबाट समेत यस क्षेत्रका महिला मुुक्त भएका छन् । धनपालथान गाउँपालिकाले एलपी ग्यास प्रयोग गर्न असक्षम गरिबीका रेखामुनि रहेका महिलाको स्वास्थ्यप्रति सचेत भई गरीब, दलित, एकल तथा अति विपन्न वर्गका ७०० महिलालाई धुवाँरहित सुुधारिएको चुुलो वितरण गरेको छ । गाउँपालिका अध्यक्ष हरिलाल सिंहले परम्परागत चुलोबाट खाना पकाउँदा यस क्षेत्रमा गरीब महिलालाई स्वास्थ्य समस्या आउन नदिन सुुधारिएको चुुलो वितरण गरेको बताए । उनले पहिलो चरणमा ७०० चुुलो वितरण गरेको भन्दै आगामी दिनमा पराम्परगत चुलो प्रयोग गर्ने सबै महिलालाई सुुधारिएको चुलो वितरण गरिने जानकारी दिए ।

गाउँपालिकाले महिलाको स्वास्थ्यप्रति सजग भई इन्धनको बचत, सस्तो र वातावरण अनुुकूलित सुुधारिएको चुुलो वितरण गरिएको अध्यक्ष सिंहको धारणा रहेको छ । वडाध्यक्ष रोशन राजवंशीले यस क्षेत्रका महिलाले खाना पकाउने इन्धनको खोजबिनमा दिनभरि लाग्ने समयको बचत तथा स्वास्थ्यमा असर नगर्नाले सुधारिएको चुलोप्रति महिलाको आकर्षण वृद्धि भएको विचार व्यक्त गरे । सुधारिएको चुलो प्रतिथान मूल्य रु दुई हजार २०० पर्छ भने वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले रु एक हजार ५००, गाउँपालिकाले रु ४०० अनुदान दिने गरेको छ भने प्रयोग गर्ने उपभोक्ता महिलाले रु ३०० भुक्तानी गर्नुपर्ने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?