तनहुँमा सोलार लिफ्ट सिँचाइ योजना

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २९, २०७९
|
|
२० पटक हेरिएको
Shares
तनहुँमा सोलार लिफ्ट सिँचाइ योजना

सारांश

  • तनहुँ ।
  • जिल्लाको शुुक्लागण्डकी र भीमाद नगरपालिकामा सोलार लिफ्ट सिँचाई योजना सम्पन्न भएको छ ।
  • शुक्लागण्डकी–१० को लोकेतिटार र भीमाद–७ को सिस्नेरी ठूलो फाँटमा सोलारका माध्यमबाट पानी लिफ्ट गरी सिँचाइको व्यवस्था गरिएको हो ।

तनहुँ । जिल्लाको शुुक्लागण्डकी र भीमाद नगरपालिकामा सोलार लिफ्ट सिँचाई योजना सम्पन्न भएको छ । शुक्लागण्डकी–१० को लोकेतिटार र भीमाद–७ को सिस्नेरी ठूलो फाँटमा सोलारका माध्यमबाट पानी लिफ्ट गरी सिँचाइको व्यवस्था गरिएको हो ।

योजना निर्माण सम्पन्न गरी सञ्चालनका लागि उपभोक्तालाई हस्तान्तरण गरिएको जलस्रोत सिँचाइ विकास डिभिजन कार्यालयका डिभिजन प्रमुख रमेशराज शर्माले जानकारी दिए । उनका अनुसार गण्डकी प्रदेश सरकारको सहयोगमा लोकेतिटारमा रू एक करोड २९ लाख र सिस्नेरीमा रू ७९ लाखको लागतमा योजना निर्माण सम्पन्न भएको हो ।

लोकेतिटारमा २३ र सिस्नेरीमा २७ धारा निर्माण गरी सिँचाइको व्यवस्था मिलाइएको निर्माण कम्पनी अकलादेवी कन्स्ट्रक्सन एण्ड कन्सल्टटेन्सी प्रालिका प्रतिनिधि सुजन सुवेदीले बताए । उनका अनुसार उक्त दुुई स्थानमा गरी करिब आठ सय रोपनी क्षेत्रफलमा सिँचाइ गरिने छ । सिँचाइ योजनाबाट शुक्लागण्डकीमा तीन सय र भीमादका दुई सय बासिन्दा लाभान्वित हुने छन् । यहाँका बासिन्दालाई उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले सिँचाइ योजनाका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको हो ।

योजनाको निर्माण सम्पन्न भएर उपभोक्तालाई हस्तान्तरण गरिए पनि कार्यालयबाट जाँच गरी बाँकी रकम भुक्तानी गरिने जलस्रोत सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख शर्माले बताए । उनका अनुसार सतहमा पानी भएका स्थानमा कुलो, नहरबाट र सतहमा पानी नभएका स्थानमा सोलार लिफ्टमार्फत सिँचाइको व्यवस्था मिलाइएको छ ।

स्थानीय क्याङ्दी खोलामा सम्पवेल निर्माण गरी ७० मिटर उचाइमा लिफ्टमार्फत दुई वटा ट्याङ्कीमा पानी सङ्कलन गरी लोकेतिटारमा सिँचाइको योजना सम्पन्न गरिएको छ । उक्त क्षेत्रमा करिब चार किमी पाइप विच्छ्याएर प्लट–प्लटमा पानीको धारा जडान गरी सुचारु गरिएको जलस्रोत सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ ।

सिस्नेरीफाँटमा जमिन भन्दा ७० मिटर गहिराइमा खनिएको बोरिङबाट पानी लिफ्ट गरी एउटा ट्याङ्कीमा सङ्कलन गरेर सिँचाइको व्यवस्था मिलाइएको छ । उक्त योजनाअन्तर्गत तीन किलोमिटर पाइप विच्छ्याइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फेवातालको रत्न मन्दिरलाई संग्राहलय बनाइने
फेवातालको रत्न मन्दिरलाई संग्राहलय बनाइने
‘गणतन्त्रपछिका वर्षमा योजनाबद्ध रूपमा राष्ट्रियता कमजोर’
‘गणतन्त्रपछिका वर्षमा योजनाबद्ध रूपमा राष्ट्रियता कमजोर’
बिहारको नक्कली प्रमाणपत्रधारी असई अख्तियारका फन्दामा
बिहारको नक्कली प्रमाणपत्रधारी असई अख्तियारका फन्दामा
आज थप ३० जना कोरोना संक्रमितको मृत्यु, कुल मृतकको सख्या १०३४ पुग्यो
आज थप ३० जना कोरोना संक्रमितको मृत्यु, कुल मृतकको सख्या १०३४ पुग्यो
राष्ट्रियसभा बैठक : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण
राष्ट्रियसभा बैठक : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण
शनिवार ८ हजारभन्दा बढि संक्रमण मुक्त
शनिवार ८ हजारभन्दा बढि संक्रमण मुक्त
उदयपुरका ३७ उम्मेदवारको जमानत जफत
उदयपुरका ३७ उम्मेदवारको जमानत जफत
बिजुलीको आन्तरिक खपत बढाउनु नै आफ्नो मुख्य प्राथमिकतामा : ऊर्जामन्त्री बस्नेत
बिजुलीको आन्तरिक खपत बढाउनु नै आफ्नो मुख्य प्राथमिकतामा : ऊर्जामन्त्री बस्नेत
विप्लवलाई पार्टीमा भित्र्याउने प्रचण्डको घोषणा
विप्लवलाई पार्टीमा भित्र्याउने प्रचण्डको घोषणा
ट्रिपर र मोटरसाइकल ठोक्किँदा गोरखा फुजेलका सन्तोष श्रेष्ठको टाउकोको गिधि नै उछिट्टियो
ट्रिपर र मोटरसाइकल ठोक्किँदा गोरखा फुजेलका सन्तोष श्रेष्ठको टाउकोको गिधि नै उछिट्टियो

तपाईंले छुटाउनुभयो कि?