मुर्ति चोरीमा संलग्नलाई २० लाख विगो सहित दुई वर्ष कैद

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २, २०७४
|
|
८२ पटक हेरिएको
Shares

सारांश

  • जुम्ला – कर्णालीकै प्रशिद्ध चन्दननाथ मन्दिरको मुर्ति चोरीमा संलग्न रहेको ठहर गर्दै जिल्ला अदालत जुम्लाले दुई जनालाई २० लाख १५ हजार ८ सय रुपैयाँ विगो, २० हजार जरिवाना र दुई वर्ष कैदको फैसला सुनाएको छ ।
  • मुर्ति चोरी भएको झण्डै ८ महिना पछि जिल्ला न्यायधिस वासुदेव न्यौपानेको एकल ईजलासले चन्दननाथ गुठी समितीका तत्कालिन अध्यक्ष जयकृष्ण आचार्य र मन्दिरका पुजारी चन्द्रमौलेश्व गिरीलाई मुर्ति चोरमा संलग्न रहेको ठहर गर्दैै उक्त फैसला सुनाएको हो।
  • उनीहरुलाई प्राचिन स्मारक ऐन २०१३ को दफा १२ र ग बमोजिम फैसला सुनाइएको हो ।

जुम्ला – कर्णालीकै प्रशिद्ध चन्दननाथ मन्दिरको मुर्ति चोरीमा संलग्न रहेको ठहर गर्दै जिल्ला अदालत जुम्लाले दुई जनालाई २० लाख १५ हजार ८ सय रुपैयाँ विगो, २० हजार जरिवाना र दुई वर्ष कैदको फैसला सुनाएको छ । मुर्ति चोरी भएको झण्डै ८ महिना पछि जिल्ला न्यायधिस वासुदेव न्यौपानेको एकल ईजलासले चन्दननाथ गुठी समितीका तत्कालिन अध्यक्ष जयकृष्ण आचार्य र मन्दिरका पुजारी चन्द्रमौलेश्व गिरीलाई मुर्ति चोरमा संलग्न रहेको ठहर गर्दैै उक्त फैसला सुनाएको हो।

उनीहरुलाई प्राचिन स्मारक ऐन २०१३ को दफा १२ र ग बमोजिम फैसला सुनाइएको हो । प्राचिन स्मारक ऐन २०१३ दफा १२ को (ग) मा कुनैपनि पुरातातत्विक वस्तुलाई नष्ट गरेमा, भत्काएमा, विरुप पारेमा, चोरी गरेमा, वा अनाधिकृत रुपमा हराएमा, परिवर्तन गरेमा वा कुनै किसिमले हानी नोक्सानी गरेमा पुरातात्विक वस्तुको विगो बमोजिमको रकम असुल उपर गरी ५ हजार देखि एक लाखसम्म जरिवाना र ५ वर्ष सम्म कैद वा दुवैको सजाय हुने व्यवस्था छ ।

जिल्ला अदालतले गरेको फैसलामा चन्दननाथ मन्दिरको मुर्तिचोरी पुरातात्विक वस्तुहरू बेचेर आर्थिक लाभ लिने योजना बनाई पूर्व अध्यक्ष जयकृष्ण आचार्य र पुजारी चन्द्रमौलेश्वर गिरीको मिलोमतोमा गरिएको उल्लेख छ । पटक पटकमा बयानमा पुजारी चन्द्र मौलेश्वरले नागरिक समाज जुम्लाका अगुवा समेत रहेका जयकृष्ण आचार्यले तीन जना अपरिचित केटा पठाएर मुर्ति चोर्न लगाएको खुलासा गरेको फैसलामा उल्लेख गरिएको छ।

चन्दननाथ मन्दिरमा गत मंसिर ११ गते राति दातात्रय भगवान सहित २१ वटा बहुमूल्य मुर्ति चोरी भएका थिए । स्थानीय प्रशासन, नेपाल प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरोको प्रयासमा पौष १९ गते देपालगाउँ आसपासमा बाटोमा १७ वटा मुर्ति व्यवहारिसे अवस्थामा फेला परेका थिए । अझै पनि १७ केजी चाँदीले बनेको दतात्रय भगवानसहित ४ वटा मुर्ति भेटिएका छैनन् । भने दायाँ शंख र सुनको डल्ला फेला परेका छैनन् ।
नागरिक बाट साभार ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसरी गरिएको रहेछ दश वर्षसम्म लोडसेडिङ ! अँध्यारोको व्यापार, सानालाई सास्ती र ठूलालाई मस्ती !
यसरी गरिएको रहेछ दश वर्षसम्म लोडसेडिङ ! अँध्यारोको व्यापार, सानालाई सास्ती र ठूलालाई मस्ती !
उपनिर्वाचनमा भक्तपुरमा त्रिपक्षीय प्रतिस्पर्धा हुने, १० मतदानस्थल संवेदनशील
उपनिर्वाचनमा भक्तपुरमा त्रिपक्षीय प्रतिस्पर्धा हुने, १० मतदानस्थल संवेदनशील
नाई मलाई थाहा छैनका गायकको नयाँ गीत सार्वजनिक
नाई मलाई थाहा छैनका गायकको नयाँ गीत सार्वजनिक
एनआरएनए निर्वाचन अपडेटस् मतदानस्थलमा विवाद कायमै
एनआरएनए निर्वाचन अपडेटस् मतदानस्थलमा विवाद कायमै
अबदेखि अन्तर्राष्ट्रिय उडानका लागि विराटनगर, जनकपुर, महेन्द्रनगरबाट नयाँ रुट
अबदेखि अन्तर्राष्ट्रिय उडानका लागि विराटनगर, जनकपुर, महेन्द्रनगरबाट नयाँ रुट
फुटबलबाट सन्यास लिनेबारे लियोनल मेस्सीले मुख खाेले
बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा गोपाल महतलाई गर्‍यो प्रहरीले पक्राउ
बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा गोपाल महतलाई गर्‍यो प्रहरीले पक्राउ
लगातारको वर्षाले त्रिभूवन विमानस्थलको उडान अवरुद्ध
लगातारको वर्षाले त्रिभूवन विमानस्थलको उडान अवरुद्ध
लागु औषध खैरो हेरोईन सहित  पक्राउ
लागु औषध खैरो हेरोईन सहित पक्राउ
Sanjay Dutt’s best friend Paresh Ghelani shares an emotional post for him after watching ‘Sanju’
Sanjay Dutt’s best friend Paresh Ghelani shares an emotional post for him after watching ‘Sanju’