तनहुँ-१ र चितवन-२ मा शानदार मतले विजयी रास्वपा बारा-२ मा चौथो स्थानबाट संघर्षरत

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १२, २०८०
|
|
२४ पटक हेरिएको
Shares
तनहुँ-१ र चितवन-२ मा शानदार मतले विजयी रास्वपा बारा-२ मा चौथो स्थानबाट संघर्षरत

सारांश

  • बारा ।
  •  तनहुँ-१ र चितवन-२ मा शानदार मत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी बारा-२ मा भने चौथो स्थानमा छ ।
  • तनहुँमा डा.

बारा । तनहुँ-१ र चितवन-२ मा शानदार मत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी बारा-२ मा भने चौथो स्थानमा छ । तनहुँमा डा. स्वर्णिम वाग्ले १४ हजार ७९७ मतको मतान्तर र सभापति रवि लामिछाने ४२ हजार ९६२ मतको फराकिलो मतान्तरले विजयी भइसकेका छन् ।

तर, बारा २ मा रास्वपा उम्मेदवार रमेश खरेल यो समाचार तयार पार्दासम्म एक हजार आठ सय ८३ मतले चौथो स्थानमा छन् । उनीभन्दा अगाडि जसपा अध्यक्ष उपेन्द्र यादव, जनमतका शिवचन्द्र कुश्ववाहा दोस्रो र एमालेका पुरुषोत्तम पौडेल तेस्रो स्थानमा छन् ।

खरेलले कोल्हबी नगरपालिकाको ८ नम्बर वडामा अन्य दलका उम्मेदवारभन्दा बढी मत प्राप्त गर्दा करैयामाई र सुवर्ण गाउँपालिकाको वडामा प्रतिस्पर्धात्मक मत पाएनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?