भरतपुर महानगरको झण्डा सगरमाथामा

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ८, २०८०
|
|
३६ पटक हेरिएको
Shares
भरतपुर महानगरको झण्डा सगरमाथामा

सारांश

  • चितवन ।
  • भरतपुर महानगरपालिकाको झण्डा सर्वोच्च शिखर सगरमाथामा फहराइएको छ ।
  • गाइड नरेन ठकुरी र सहायक चेतन भोटेले महानगरको झण्डा सगरमाथामा फहराएका हुन् ।

चितवन । भरतपुर महानगरपालिकाको झण्डा सर्वोच्च शिखर सगरमाथामा फहराइएको छ । गाइड नरेन ठकुरी र सहायक चेतन भोटेले महानगरको झण्डा सगरमाथामा फहराएका हुन् ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाको विकास र समृद्धिको अभियानलाई सफल बनाउन सर्वोच्च शिखर सगरमाथामा भरतपुर महानगरपालिकाको झण्डा फहराइएको बताईन् ।

देशका पालिकाहरुमा सबै सूचकहरुमा अग्रणी रहेको महानगरपालिकाको झण्डालाई सर्वोच्च शिखरमा फहराएर विश्वभर विकासको सन्देश प्रवाह

गरेको उनको भनाइ छ । भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष मनाउँदै छ ।

यी गतिविधि महानगरको पर्यटन प्रबद्र्धनका लागि समेत सहयोगी हुने उनको भनाइ छ । देशकै मध्यभागमा रहेको भरतपुर महानगर पर्यटकीय गन्तव्यका रुपमा परिचित छ ।

सगरमाथामा महानगरको झण्डा फहराइएको यस अभियानको संयोजन गरेका महानगरका विज्ञ प्रेस सल्लाहाकार सुरेशचन्द्र अधिकारीले सगरमाथा पुगेको टोली झण्डा गाडेर काठमाडौं फर्किएको बताए । टोलीलाई महानगरपालिकाले बिदाई गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोकप्रिय लोकगायक बद्री पंगेनीसहित ११ जनालाई पक्राउ, २ लाख ४ हजार नगद बरामद
लोकप्रिय लोकगायक बद्री पंगेनीसहित ११ जनालाई पक्राउ, २ लाख ४ हजार नगद बरामद
भियतनाम सकेर प्रधानमन्त्री ओली कम्बोडिया
भियतनाम सकेर प्रधानमन्त्री ओली कम्बोडिया
बालुवा निकालेको खाल्डोमा डुबेर १३ वर्षीया बालिकाको मृत्यु !
बालुवा निकालेको खाल्डोमा डुबेर १३ वर्षीया बालिकाको मृत्यु !
अरु ठाउँ नजिता आउँदै गर्दा अर्घाखाँचीमा मतदान चल्दै
अरु ठाउँ नजिता आउँदै गर्दा अर्घाखाँचीमा मतदान चल्दै
दार्इ मारेको  अारोपमा भार्इ प्रहरी नियन्त्रणमा !
दार्इ मारेको अारोपमा भार्इ प्रहरी नियन्त्रणमा !
खुल्ला सीमाको फाइदा उठाउने प्रयास असफल: प्रहरीको सक्रियताले बचत भयो लाखौँको राजस्व
खुल्ला सीमाको फाइदा उठाउने प्रयास असफल: प्रहरीको सक्रियताले बचत भयो लाखौँको राजस्व
गर्जिन्छ अनि झुक्छ, कहाँ कहाँ झुक्यो सरकार
गर्जिन्छ अनि झुक्छ, कहाँ कहाँ झुक्यो सरकार
आज दशैँको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरी मनाईँदै
आज दशैँको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरी मनाईँदै
नायव सुब्बासहित लेखापढी व्यवसायमाथि आरोपपत्र दायर
नायव सुब्बासहित लेखापढी व्यवसायमाथि आरोपपत्र दायर
प्रचण्डकै वरिपरि नेपाली राजनीति, प्रचण्डले बनाएका छैटौं प्रधानमन्त्री ओली
प्रचण्डकै वरिपरि नेपाली राजनीति, प्रचण्डले बनाएका छैटौं प्रधानमन्त्री ओली