झापा र पूर्वी पहाडका नदीमा तटबन्ध विस्तार, जोखिम न्यूनीकरणको प्रयास

Asmita-Newsdesk Asmita-Newsdesk
|
मंगलबार, श्रावण ५, २०८३
|
|
१९ पटक हेरिएको
Shares
झापा र पूर्वी पहाडका नदीमा तटबन्ध विस्तार, जोखिम न्यूनीकरणको प्रयास

सारांश

  • झापा तथा पूर्वी पहाडी जिल्लाहरूमा नदी कटान र बाढीबाट मानव बस्ती एवं कृषियोग्य भूमिको रक्षा गर्न चालिएको गुरुयोजना अन्तर्गत ठूलो परिमाणमा तटबन्ध निर्माण सम्पन्न भएको छ ।
  • सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना झापाले आर्थिक वर्ष २०८२/८३ मा आफ्नो कार्यक्षेत्रभित्र सुरक्षा पर्खाल निर्माणलाई तीव्रता दिँदै यो सफलता हासिल गरेको हो ।
  • आयोजनाका इन्जिनियर बलराम भण्डारीका अनुसार जोखिमयुक्त क्षेत्रको पहिचान गरी गत आर्थिक वर्षमा मात्रै ५८ करोड ३८ लाख २९ हजार रुपैयाँको लागतमा कुल १४.

झापा तथा पूर्वी पहाडी जिल्लाहरूमा नदी कटान र बाढीबाट मानव बस्ती एवं कृषियोग्य भूमिको रक्षा गर्न चालिएको गुरुयोजना अन्तर्गत ठूलो परिमाणमा तटबन्ध निर्माण सम्पन्न भएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना झापाले आर्थिक वर्ष २०८२/८३ मा आफ्नो कार्यक्षेत्रभित्र सुरक्षा पर्खाल निर्माणलाई तीव्रता दिँदै यो सफलता हासिल गरेको हो ।

आयोजनाका इन्जिनियर बलराम भण्डारीका अनुसार जोखिमयुक्त क्षेत्रको पहिचान गरी गत आर्थिक वर्षमा मात्रै ५८ करोड ३८ लाख २९ हजार रुपैयाँको लागतमा कुल १४.७३८ किलोमिटर लामो पक्की तटबन्ध निर्माण गरिएको छ । यो प्रयासले वर्षायाममा आउने बाढीका कारण तटीय क्षेत्रका नागरिकले भोग्दै आएको कटान र डुबानको स्थायी जोखिमलाई निकै कम गर्ने विश्वास लिइएको छ ।

यस कार्यालयले झापाका पाँचवटा मुख्य नदीहरू कन्काई, विरिङ, कमल, रतुवा–मावा र मेचीमा ११ किलोमिटरभन्दा बढी तटबन्ध खडा गरेको छ । भौगोलिक कठिनाइका बाबजुद आयोजनाले इलामको माई, पाँचथरको हेवा र ताप्लेजुङको काबेली नदीमा समेत पहिलो पटक नियन्त्रणको काम सुरु गरी संरचनाहरू तयार पारेको हो ।

 कुल बजेटको करिब ३० प्रतिशत वार्षिक वित्तीय प्रगति हासिल गर्दै आयोजनाले विपद् व्यवस्थापनमा बलियो योगदान पुर्‍याएको छ ।

दीर्घकालीन रूपमा कृषि भूमिको संरक्षण र पूर्वाधार सुरक्षा गर्ने लक्ष्य राखिएको यस तटबन्ध निर्माण कार्यलाई चालु आर्थिक वर्षमा पनि जोखिमका आधारमा निरन्तरता दिइने कार्यालयले जनाएको छ । आधुनिक इन्जिनियरिङ प्रविधिको प्रयोग गरी नदी किनारमा निर्माण गरिएका यी संरचनाले पूर्वी नेपालका हजारौँ नागरिकलाई सुरक्षित र ढुक्कसँग बस्ने वातावरण सुनिश्चित गरिदिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?