भरतपुर अस्पतालमा बिरामीको चाप बढेपछि सेवा विकेन्द्रीकरणको तयारी

Asmita-Newsdesk Asmita-Newsdesk
|
मंगलबार, श्रावण ५, २०८३
|
|
२३ पटक हेरिएको
Shares
भरतपुर अस्पतालमा बिरामीको चाप बढेपछि सेवा विकेन्द्रीकरणको तयारी

सारांश

  • चितवनको भरतपुर अस्पतालमा पछिल्लो समय बिरामीको चाप अत्यधिक बढेपछि अस्पताल प्रशासनले सेवालाई विकेन्द्रीकरण गर्दै भीड व्यवस्थापन र गुणस्तर सुधारका लागि स्थानीय पालिकाहरूसँग रणनीतिक सहकार्य अघि बढाएको छ ।
  • जिल्लाका दुई ठूला मेडिकल कलेजहरूमा स्वास्थ्य बिमा कार्यक्रम स्थगित भएपछि चितवनसहित २२ जिल्लाका बिरामीहरूको चाप यस सरकारी अस्पतालमा ओइरिएको हो ।
  • अस्पतालको तथ्याङ्क अनुसार सोमबार एकै दिन तीन हजार ३६८ जना बिरामीले ओपिडी तथा आकस्मिक सेवा लिएका छन्, जसमा करिब ७० प्रतिशत अर्थात् दुई हजार ५८९ जना स्वास्थ्य बिमाका बिरामी रहेका छन् ।

चितवनको भरतपुर अस्पतालमा पछिल्लो समय बिरामीको चाप अत्यधिक बढेपछि अस्पताल प्रशासनले सेवालाई विकेन्द्रीकरण गर्दै भीड व्यवस्थापन र गुणस्तर सुधारका लागि स्थानीय पालिकाहरूसँग रणनीतिक सहकार्य अघि बढाएको छ । जिल्लाका दुई ठूला मेडिकल कलेजहरूमा स्वास्थ्य बिमा कार्यक्रम स्थगित भएपछि चितवनसहित २२ जिल्लाका बिरामीहरूको चाप यस सरकारी अस्पतालमा ओइरिएको हो ।

अस्पतालको तथ्याङ्क अनुसार सोमबार एकै दिन तीन हजार ३६८ जना बिरामीले ओपिडी तथा आकस्मिक सेवा लिएका छन्, जसमा करिब ७० प्रतिशत अर्थात् दुई हजार ५८९ जना स्वास्थ्य बिमाका बिरामी रहेका छन् । एकै दिन ५०७ भिडियो एक्सरे, ४५ सिटीस्क्यान र ३१ जनाको एमआरआई गरिएको अस्पतालले जनाएको छ, जसमा ज्येष्ठ नागरिकहरूको सङ्ख्या उल्लेख्य छ ।

 जनस्वास्थ्यको संवेदनशील मुद्धालाई केन्द्रमा राख्दै अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. विश्वबन्धु बगालेले चापका कारण विशिष्टिकृत सेवाको गुणस्तर कायम राख्न व्यवस्थापकीय जटिलता थपिएको स्वीकार गर्नुभएको छ । यही चुनौतीलाई चिर्न अस्पतालले भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकासँग विस्तारित सेवा सञ्चालनका लागि छलफल थालेको छ ।

नयाँ योजना अनुसार पहिलो चरणमा नियमित औषधि सेवन गर्ने र सामान्य प्रयोगशाला परीक्षण गराउने बिरामीलाई स्थानीय पालिकास्तरकै स्वास्थ्य केन्द्र वा रत्ननगर बकुलहर अस्पतालमार्फत सेवा दिइनेछ । यसो गर्दा केन्द्रीय अस्पतालमा भीड कम हुने, सर्वसाधारणले आफ्नै गृहपालिकामा सहज उपचार पाउने र भरतपुर अस्पतालले जटिल प्रकृतिका शल्यक्रिया तथा विशिष्टिकृत सेवामा मात्र ध्यान केन्द्रित गर्न पाउने विश्वास लिइएको छ ।

वि.सं. २०७४ देखि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरी देशकै नमूना बनेको यस अस्पतालले गत आर्थिक वर्षमा ९२ करोडभन्दा बढी भुक्तानी पाइसकेको छ भने अझै ४० करोड भुक्तानी आउन बाँकी छ । राज्यको लगानी र जनशक्तिको सदुपयोग गर्दै पालिका स्तरमा आधारभूत सेवा भरपर्दो बनाउन सके मात्र सर्वसाधारणले झन्झटमुक्त र गुणस्तरीय स्वास्थ्य सेवा पाउने सरोकारवालाहरू बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘एक साताभित्र’ कोरोनाभाइरस परीक्षण नेपालमै
‘एक साताभित्र’ कोरोनाभाइरस परीक्षण नेपालमै
रबिको बयान सकियो, धरौटीमा छुट्लान्?
रबिको बयान सकियो, धरौटीमा छुट्लान्?
माओवादी केन्द्रका चार महिला निर्विरोध निर्वाचित !
माओवादी केन्द्रका चार महिला निर्विरोध निर्वाचित !
देश सङ्घीय गणतन्त्रको फराकिलो राजमार्गमा आइपुगेको छ : मुख्यमन्त्री पौडेल
देश सङ्घीय गणतन्त्रको फराकिलो राजमार्गमा आइपुगेको छ : मुख्यमन्त्री पौडेल
सांसद महेश बस्नेतको नेतृत्वमा निजिकरण गरिएका सार्वजनिक जग्गाको खोजिकार्य सुरु
सांसद महेश बस्नेतको नेतृत्वमा निजिकरण गरिएका सार्वजनिक जग्गाको खोजिकार्य सुरु
विश्व इतिहासमा आजः टोकियो सबवेमा विषाक्त ग्यासदेखि इराकमाथि अमेरिकी हमला
विश्व इतिहासमा आजः टोकियो सबवेमा विषाक्त ग्यासदेखि इराकमाथि अमेरिकी हमला
विश्वकप फुटबल: दुवै एशियाली राष्ट्रलाई पाखा लगाउँदै क्रोएसिया र ब्राजिल क्‍वाटरफाइनलमा
विश्वकप फुटबल: दुवै एशियाली राष्ट्रलाई पाखा लगाउँदै क्रोएसिया र ब्राजिल क्‍वाटरफाइनलमा
गैरकानुनि तवरबाट मतदाता नमावलि संकलन गरिएको भन्दै गगन थापाको नेतृत्वमा अायोगलाई ध्यानाकर्षण गराउने
गैरकानुनि तवरबाट मतदाता नमावलि संकलन गरिएको भन्दै गगन थापाको नेतृत्वमा अायोगलाई ध्यानाकर्षण गराउने
‘रातो टीका निधारमा’गीत : नव–अभिनेतासंग कस्तो देखियो साम्राज्ञीको केमेष्ट्रि ?
‘रातो टीका निधारमा’गीत : नव–अभिनेतासंग कस्तो देखियो साम्राज्ञीको केमेष्ट्रि ?
देशभर आंशिकदेखि सामान्य बदली हुने
देशभर आंशिकदेखि सामान्य बदली हुने