ताला तोडेर पुनःनिर्माण कार्यालय सञ्चालनमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ५, २०७५
|
|
२८ पटक हेरिएको
Shares
ताला तोडेर पुनःनिर्माण कार्यालय सञ्चालनमा

सारांश

  • गोरखामा पुनःनिर्माणमा खटिएका प्राविधिकले जिल्ला आयोजना कार्यान्वयन एकाइ कार्यालयमा लगाइएको ताला फुटाएर कार्यालय सञ्चालन गरिएको छ ।
  • विभिन्न आठबुँदे माग पूरा गर्न दबाब दिँदै प्राविधिकले सोमबार कार्यालयमा तालाबन्दी गरेका थिए ।
  • गत दुई हप्तादेखि विभिन्न दबाबमूलक कार्यक्रमसहित आएका प्राविधिकले सरकारले माग सम्बोधन नगरेको भन्दै जिल्लामा पुनःनिर्माणको काममा अवरोध गर्दै आएका थिए ।

गोरखामा पुनःनिर्माणमा खटिएका प्राविधिकले जिल्ला आयोजना कार्यान्वयन एकाइ कार्यालयमा लगाइएको ताला फुटाएर कार्यालय सञ्चालन गरिएको छ । विभिन्न आठबुँदे माग पूरा गर्न दबाब दिँदै प्राविधिकले सोमबार कार्यालयमा तालाबन्दी गरेका थिए ।

गत दुई हप्तादेखि विभिन्न दबाबमूलक कार्यक्रमसहित आएका प्राविधिकले सरकारले माग सम्बोधन नगरेको भन्दै जिल्लामा पुनःनिर्माणको काममा अवरोध गर्दै आएका थिए । प्राविधिकले लगाएको ताला तोडी कार्यालय नियमित काम गर्ने वातावरण बनाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गतका प्राविधिकले यसअघि दिँदै आएको सेवा सुविधा कटौती भएपछि पुनःउपलब्ध गराउनु पर्ने चरणबद्ध रुपमा आन्दोलन गर्दै आएका छन् । आफ्ना माग सम्बोधन नभएसम्म काममा नफर्कने प्राविधिक हकहित संरक्षण समितिका जिल्ला संयोजक बलराम घिमिरेले बताउनुभयो ।

प्राविधिले भौगोलिक, प्रोत्साहन, यातायात महँगी भत्ता साथै सञ्चार भत्ता मासिक रुपमा उपलब्ध गराउनु पर्ने माग गरेका छन् । त्यस्तै जिल्लामा खटिएका प्राविधिकलाई परिचयपत्र, स्वास्थ्य तथा दुर्घटना बीमा, क्षमता अभिवृद्धि तालीमको पनि व्यवस्था हुनुपर्ने उनीहरुको माग छ । प्राविधिकको आन्दोलनका कारण भूकम्प पीडितको किस्ता सिफारिस, घर नापजाँचलगायका काम रोकिएको छ । जसका कारण भूकम्प पीडितलाई अनुदान रकम प्राप्त गर्न ढिलाइ भएको छ ।

लाभग्राही भूकम्प पीडितले घर बनाउँदा प्राविधिक नापजाँचका लागि नआएपछि समस्या भएको बताएका छन् । यता प्राविधिकले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण यही १५ गतेदेखि अन्तिम पटक गर्न लागेको पुनःसर्वेक्षणको काममा समेत आफूहरु नजाने बताएका छन् । उनीहरुले जिल्ला तथा केन्द्रीय आयोजना कार्यान्वयन एकाइ, जिल्ला समन्वय समिति तथा गोरखा जिल्लाभित्रका ११ वटै स्थानीय तहहरुमा ज्ञापनपत्र बुझाएर कामकाज ठप्प पार्दै आएका थिए ।

गोरखा जिल्लामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत १६ इञ्जिनीयर, ७४ सब इञ्जिनीयर र ७१ असिस्टेन्ट सब इञ्जिनीयर कार्यरत रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समानुपातिक तर्फको पनि मतगणना सकियो ! कुन पार्टी ले कती मत पाए ?
समानुपातिक तर्फको पनि मतगणना सकियो ! कुन पार्टी ले कती मत पाए ?
आंधी पिडितलाई भक्तपुर बाट चार लाख सहयोग l
आंधी पिडितलाई भक्तपुर बाट चार लाख सहयोग l
“सायद -२” रिलिजको उल्टागन्ति सुरु, चोक-बजार सबैतिर छ्याप्छ्याप्ती (भिडियो सहित)
“सायद -२” रिलिजको उल्टागन्ति सुरु, चोक-बजार सबैतिर छ्याप्छ्याप्ती (भिडियो सहित)
Deadly smog returns in Dehli
Deadly smog returns in Dehli
बढ्दै ट्रेजरी बिलको दायित्व, तिर्ने वा नवीकरण गर्ने भन्नेमा अन्योल
बढ्दै ट्रेजरी बिलको दायित्व, तिर्ने वा नवीकरण गर्ने भन्नेमा अन्योल
घुँडा टेकेर टिका लगाएकाे रहस्य खाेले प्रधानमन्त्रीका  सल्लाहकार मैनालीले !
घुँडा टेकेर टिका लगाएकाे रहस्य खाेले प्रधानमन्त्रीका सल्लाहकार मैनालीले !
चिठ्ठाले बनायो प्रदेश नम्बर १ को पहिलो महिला अध्यक्ष, कमल गाउँपालिकामा एमालेको भाग्य
उदयपुरका एक युवाले एउटै मण्डपमा गरे तीनवटी युवतीसँग बिहे
उदयपुरका एक युवाले एउटै मण्डपमा गरे तीनवटी युवतीसँग बिहे
मुलुक निर्माणमा मुस्लीम समुदायको महत्वपूर्ण भूमिका: कमल थापा
मुलुक निर्माणमा मुस्लीम समुदायको महत्वपूर्ण भूमिका: कमल थापा
गाजास्थित अस्पतालमा रकेट आक्रमण, ५०० जनाको मृत्यु
गाजास्थित अस्पतालमा रकेट आक्रमण, ५०० जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?