तालिवान समूहको आक्रमणमा परी १०० भन्दा बढीको मृत्यु
सारांश
- गजनी, अफगानिस्तान, २७ साउन ।
- अफगानिस्तानको गजनी शहरमा तालिवान समूहद्वारा शुक्रबारदेखि शुरु गरेको आक्रमणमा परी एक सयभन्दा बढी व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएका छन् ।
- सयौँको सङ्ख्यामा आएका तालिवान लडाकूले गजनी शहर लक्षित आक्रमणका क्रममा विदेशी सेनाको हवाई आक्रमणको सहयोगमा अफगानी सुरक्षाकर्मीले उल्लेख्य सफलता पाएको अफगानी प्रहरीले जनाएको छ ।
गजनी, अफगानिस्तान, २७ साउन । अफगानिस्तानको गजनी शहरमा तालिवान समूहद्वारा शुक्रबारदेखि शुरु गरेको आक्रमणमा परी एक सयभन्दा बढी व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएका छन् ।
सयौँको सङ्ख्यामा आएका तालिवान लडाकूले गजनी शहर लक्षित आक्रमणका क्रममा विदेशी सेनाको हवाई आक्रमणको सहयोगमा अफगानी सुरक्षाकर्मीले उल्लेख्य सफलता पाएको अफगानी प्रहरीले जनाएको छ ।झडपमा कम्तीमा १३ सर्वसाधारण, ९०तालिवान लडाकू र केहीको सङ्ख्यामा सुरक्षाकर्मीको मृत्यु भएको स्पुटनिकले जनाएको छ । घटनामा १३३ जना घाइते भएका पनि बताइएको छ । घाइतेमध्ये अधिकांश तालिवान समर्थक रहेका बताइएको छ ।
शुक्रबारदेखि शुरुभएको विद्रोही तथा सरकारी सुरक्षाकर्मीबीचको भडप आइतबारसम्म पनि जारी रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।स्थानीय सञ्चारमाध्यमले पछिल्लो झडपमा तालिवान पक्षका १०० भन्दा बढी लडाकूको मृत्यु भएको जनाएका छन् । गजनीमा भएको भीडन्तमा विगत केही महिना यताकै ठूलो मानवीय क्षति तालिवान पक्षले व्यहोर्नु परेको पत्रपत्रिकाले लेखेका छन् ।
टोलो न्यूजले गजनी क्षेत्रमा भएको भीडन्तको अवस्थाबारे जानकारी लिन आइतबार नै अफगानिस्तानका सैनिक प्रमुख शरीफ याफ्ताली गजनी आउने कार्यक्रम रहेको छ ।सरकारी २०३ टेन्डर मिलिटरी कप्र्सका अधिकारीहरूले तालिवान पक्षले निर्वाचन आयोगको कार्यालयमा आगो लगाई काबुल–कान्दाहार राजमार्ग अवरुद्ध पारेपछि शुरु भएको भीडन्त जारी रहेको पुष्टी गरेका छन् ।अफगानिस्तानस्थित विदेशी सैनिक समूहले उक्त स्थानमा थप हवाई सहयोगको व्यवस्था गरेको छ।
प्रतिक्रिया