भक्तपुरमा सवारी दुर्घटना: एकको मृत्यु, तीन घाइते

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ५, २०७४
|
|
४३ पटक हेरिएको
Shares
भक्तपुरमा सवारी दुर्घटना: एकको मृत्यु, तीन घाइते

सारांश

  • भक्तपुर, ५ माघ ।
  • भक्तपुरको सिर्जनानगरमा गएराति भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।
  • सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरमा काठमाडौँबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा २ ज २०४१ नं को ट्याक्सीलाई सोही दिशाबाट आउँदै गरेको बा ४४ प ५१५२ नं को मोटरसाइकलले पछाडिबाट ठक्कर दिएलगत्तै काठमाडौँबाटै आएको अर्कोे बा ८५ प ७०४६ नं को मोटरसाइकल समेत ठक्कर खाई दुर्घटना हुँदा बा ४४ प ५१५२ नं को मोटरसाइकल चालक दोलखा भीमेश्वर नगरपालिका–१३ बस्ने ३५ वर्षीय रोशनकुमार बस्नेतको मृत्यु भएको छ ।

भक्तपुर, ५ माघ । भक्तपुरको सिर्जनानगरमा गएराति भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरमा काठमाडौँबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा २ ज २०४१ नं को ट्याक्सीलाई सोही दिशाबाट आउँदै गरेको बा ४४ प ५१५२ नं को मोटरसाइकलले पछाडिबाट ठक्कर दिएलगत्तै काठमाडौँबाटै आएको अर्कोे बा ८५ प ७०४६ नं को मोटरसाइकल समेत ठक्कर खाई दुर्घटना हुँदा बा ४४ प ५१५२ नं को मोटरसाइकल चालक दोलखा भीमेश्वर नगरपालिका–१३ बस्ने ३५ वर्षीय रोशनकुमार बस्नेतको मृत्यु भएको छ ।

दुवै मोटरसाइकलमा सवार चारजना घाइते भई भक्तपुर अस्पतालमा उपचारको क्रममा बस्नेतको मृत्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।

बा ४४ प ५१५२ नं को मोटरसाइकलमा सवार काभ्रे कोशीपारि–८ बस्ने २४ वर्षीय केदार खनाल, बा ८५ प ७०४६ नं को मोटरसाइकल चालक दोलखा सैलुङ–१ बस्ने २० वर्षीय मनोज योञ्जन र सोही मोटरसाइकलमा रामेछाप निगालपानी–३ बस्ने १९ वर्षीय धावा मोक्तानको भने भक्तपुर अस्पतालमा उपचार भइरहेको छ ।

ट्याक्सी चालक धनकुटा मुगा–५ घर भई हाल काठमाडौँ बानेश्वर बस्ने ४० वर्षीय गंगाबहादुर थापासहित ट्याक्सी र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रसाईंले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वपश्चिम राजमार्ग आन्दोलनकारीको कब्जामा, सम्बोधन गर्न पुगे हेलिकोप्टरबाट महरा
पूर्वपश्चिम राजमार्ग आन्दोलनकारीको कब्जामा, सम्बोधन गर्न पुगे हेलिकोप्टरबाट महरा
महिला समितिमा कांग्रेसको प्रस्तावः जेष्ठ नागरिकले चाहेको व्यक्तिलाई सम्पत्ति दिन पाउने कानुनी व्यवस्था गरियोस्
महिला समितिमा कांग्रेसको प्रस्तावः जेष्ठ नागरिकले चाहेको व्यक्तिलाई सम्पत्ति दिन पाउने कानुनी व्यवस्था गरियोस्
विदेशबाट आयात हुने विषादीयुक्त तरकारी र खाद्य पदार्थमा रोक
विदेशबाट आयात हुने विषादीयुक्त तरकारी र खाद्य पदार्थमा रोक
अमेरिकी हमलामा २ सय मारिएको आशंका
सरकारबाट बाहिरिने रास्वपाको निर्णय
सरकारबाट बाहिरिने रास्वपाको निर्णय
पत्रकार सिद्दीकीको निधन
काेराेना भाइरस : राज्यव्यवस्था समिति बैठक स्थगित
काेराेना भाइरस : राज्यव्यवस्था समिति बैठक स्थगित
श्रीमतीको पीडाः परिवार नियोजनका साधन प्रयोग गर्दा पाप लाग्छ !
श्रीमतीको पीडाः परिवार नियोजनका साधन प्रयोग गर्दा पाप लाग्छ !
‘प्रहरीको एउटा गल्तीले संगठनको मूल्यांकन गर्नुहुन्न’
‘प्रहरीको एउटा गल्तीले संगठनको मूल्यांकन गर्नुहुन्न’
दरबार हत्याकाण्डमा हाम्रो परिवारलाई जोडेर घातक प्रहार गरियो : पूर्वराजा शाह
दरबार हत्याकाण्डमा हाम्रो परिवारलाई जोडेर घातक प्रहार गरियो : पूर्वराजा शाह