तीन दिनसम्म लगातार झरी पर्ने, सर्वसाधारणलाई सचेत हुन आग्रह

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १७, २०७५
|
|
२५ पटक हेरिएको
Shares
तीन दिनसम्म लगातार झरी पर्ने, सर्वसाधारणलाई सचेत हुन आग्रह

सारांश

  • काठमाडौं,१७ असार।
  • नेपालका धेरै जसो स्थानमा आगामी तीन दिनसम्म लगातार झरी पर्ने मौषम पूर्वानुमान महाशाखाले जनाएको छ ।
  • शनिबारदेखि सक्रिय हुन सुरु गरेको मनसुन कम्तीमा आगामी तीन दिनसम्म जारी रहने जल तथा मौषम विज्ञान विभाग अन्तर्गको मौषम पूर्वानुमान महाशाखाको भनाई छ ।

काठमाडौं,१७ असार। नेपालका धेरै जसो स्थानमा आगामी तीन दिनसम्म लगातार झरी पर्ने मौषम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबारदेखि सक्रिय हुन सुरु गरेको मनसुन कम्तीमा आगामी तीन दिनसम्म जारी रहने जल तथा मौषम विज्ञान विभाग अन्तर्गको मौषम पूर्वानुमान महाशाखाको भनाई छ ।

महाशाखाका मौषमविद बरुण पौडेलले भने, ‘अहिले मनसुन सक्रिय अवस्थामा छ, न्यून चापीय रेखा नेपालतर्फ सरेकाले मनसुन सक्रिय भएको हो । देशैभरि पानी पर्नेछ ।’ महाशाखाका अनुसार पानी पर्ने क्रम केही बेरका लागि रोकिएको जस्तो हुने र पुनः वर्षा हुने प्रकृतिको मनसुन सक्रिय भएको छ ।

नेपालका सबै स्थानमा झरी पर्ने महाशाखाको भनाई छ । मौषमविद पौडेलका अनुसार पूर्व, मध्य र पश्चिमका केही स्थानमा भने भारी वर्षाको सम्भावना समे्त रहेको छ ।

महाशाखाले सार्वजनिक गरेको स्याटेलाईट चित्रका अनुसार आइतबार बेलुका देखि सोमबार विहानसम्म धादिङ, गोर्खा, चितवन, मकवानपुर, बारा, पर्सा आसपासको क्षेत्रमा भारी बर्षा हुने सम्भावना रहेको छ ।

उता, बाढी पुर्वानुमान शाखाले चुरे आसपासका सर्वसधारणलाई सचेत हुन आग्रह गरेको छ । सो शाखाले भनेको छ, ‘आज र भोली पहाडी तथा चुरे र तराईको केही भागमा मध्यम देखि भारी बर्षा हुने संभावना भएकाले बाढी आउन सक्छ, सतर्क रहौं !’ बाढीका कारण सप्तकोशी, बागमती, राप्ती, नारायणी, भेरी, बबई, गण्डकी, तथा महाकाली नदिमा पानीको सतह बढ्न  गई असर गर्न सक्ने हुँदा तटिय क्षेत्रमा सचेत रहन आग्रह गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?