प्रदेश ३, ४ र ५ का प्रमुखले गरे पदभार ग्रहण, ७ का प्रमखु अझै पुगेनन्

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ७, २०७४
|
|
१७ पटक हेरिएको
Shares
प्रदेश ३, ४ र ५ का प्रमुखले गरे पदभार ग्रहण, ७ का प्रमखु अझै पुगेनन्

सारांश

  • काठमाडौं, ७ माघ ।
  • प्रदेश ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले औपचारिक रूपमा पदभार ग्रहण गरेकी छिन् ।
  • आइतबार बिहान प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गरेकी हुन् ।

काठमाडौं, ७ माघ । प्रदेश ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले औपचारिक रूपमा पदभार ग्रहण गरेकी छिन् । आइतबार बिहान प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गरेकी हुन् ।

त्यसैगरी ५ नम्बर प्रदेशका प्रमुख उमाकान्त झाले पनि बुटवलमा पदभार ग्रहण गरेका छन् । झाले रूपन्देही व्यापार संघमा स्थापना गरिएको प्रदेश प्रमुखको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणलगत्तै उनले प्रदेशसभाका जेष्ठ सदस्य बलदेव शर्मा पोखरेललाई शपथ गराउने र बाँकी प्रदेशसभा सदस्यहरूलाई भने पोखरेलले शपथ गराउने कार्यक्रम छ । प्रदेश ५ मा प्रत्यक्षतर्फ ५२ र समानुपातिक तर्फका ३५ गरी ८७ प्रदेशसभा सदस्य छन् ।

त्यस्तै, प्रदेश नं ४ का प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले आज पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यालय पार्दी पोखरामा प्रदेश प्रमुख बाबुराम कुँवरले श्रेष्ठलाई शपथग्रहण गराएका हुन् । ज्येष्ठ सदस्य श्रेष्ठले आजै प्रदेश नं ४ का प्रदेश सभा सदस्यहरुलाई शपथग्रहण गराउने कार्यक्रम रहेको छ ।

प्रदेश नं. ७ का प्रमुख मोहन मल्ल भने कुहिरोका कारण प्लेनमा जान नसकेपछि बसबाट गन्तव्यतर्फ हिडेका छन् । यद्यपि उनी अहिलेसम्म अस्थायी मुकाम धनगढी पुग्न सकेका छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतमा चुनावको चटारो, अति गरिबलाई ७२ हजार दिने राहुलको घोषणा
भारतमा चुनावको चटारो, अति गरिबलाई ७२ हजार दिने राहुलको घोषणा
यस्तो छ आजकाे विदेशी मुद्राको विनियम दर
यस्तो छ आजकाे विदेशी मुद्राको विनियम दर
यी हुन् प्रधानमन्त्री केपी ओलीबारे भ्रामक समाचार पोष्ट गर्ने हरिप्रसाद मानन्धर
यी हुन् प्रधानमन्त्री केपी ओलीबारे भ्रामक समाचार पोष्ट गर्ने हरिप्रसाद मानन्धर
निर्मला कुर्मी हत्या प्रकरण: ४८ दिनदेखि माइतीघरमा जारी आन्दोलन आजबाट स्थगित
निर्मला कुर्मी हत्या प्रकरण: ४८ दिनदेखि माइतीघरमा जारी आन्दोलन आजबाट स्थगित
दमक गोल्डकप फुटबलको प्रधानमन्त्रीद्वारा उद्घाटन
दमक गोल्डकप फुटबलको प्रधानमन्त्रीद्वारा उद्घाटन
इस्लामबिरुद्ध घृणा फैलाएको आरोपमा ओबामा प्रशासनका एक अधिकृत पक्राउ
इस्लामबिरुद्ध घृणा फैलाएको आरोपमा ओबामा प्रशासनका एक अधिकृत पक्राउ
एनआईसी एशिया बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले?
एनआईसी एशिया बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले?
दुई समूहबीच झडप हुँदा गोली लागेर एक जना घाइते
दुई समूहबीच झडप हुँदा गोली लागेर एक जना घाइते
मतदाताको खुट्टामा हजारको नोट राखेर ढोग्ने उम्मेदवारलाई आयोगले सचेत गरायो
मतदाताको खुट्टामा हजारको नोट राखेर ढोग्ने उम्मेदवारलाई आयोगले सचेत गरायो
सुन तस्करी प्रकरणः एयरपोर्टबाटै चिनियाँ नागरिक पक्राउ
सुन तस्करी प्रकरणः एयरपोर्टबाटै चिनियाँ नागरिक पक्राउ

तपाईंले छुटाउनुभयो कि?