हत्याको अभियोगमा महिला वडा सदस्यसहित ४ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ १६, २०७५
|
|
२९ पटक हेरिएको
Shares
हत्याको अभियोगमा महिला वडा सदस्यसहित ४ जना पक्राउ

सारांश

  • अस्बिन खड्का उदयपुर, १६ असार ।
  • हत्याको अभियोगमा उदयपुरमा महिला वडा सदस्यसहित ४ जना पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका– ४ बलम्ताका महिला वडा सदस्य जानुका राई, ४२ वर्षीय देवबहादुर राई, सञ्जीव राई र उनकी कान्छी भाउजू ३० वर्षीया बबिता राई रहेका छन् ।

अस्बिन खड्का
उदयपुर, १६ असार । हत्याको अभियोगमा उदयपुरमा महिला वडा सदस्यसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका– ४ बलम्ताका महिला वडा सदस्य जानुका राई, ४२ वर्षीय देवबहादुर राई, सञ्जीव राई र उनकी कान्छी भाउजू ३० वर्षीया बबिता राई रहेका छन् ।

उनीहरुलाई शुक्रवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी नवराज भट्टले जानकारी दिए । उनीहरुले गत जेठ ३१ गने सामान्य विवादमा ६५ वर्षीया जयरानी राईलाई निर्घात कुटपिट गरेका थिए । कुटपिट भएको १४ दिनपछि पीडित जयरानी राईको मृत्यु भएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । एकल महिलासमेत रहेकी मृतक राईलाई कोही नभएको मौका पारेर कुटपिट गरिएको स्थानीयहरु बताउँछन् ।

एक्लै गाउँमा बस्दै आएकी मृतक राईलाई बारम्बार उनीहरुले बिभिन्न बहानामा कुटपिट गर्दै आएको स्थानीयहरुले बताएका छन् । अहिले मृतक राईको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गाईघाटमा राखिएको छ । पक्राउ परेको चारैजनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीले भने, ‘केही कुरामा भारत पनि नेपालसँग निर्भर छ’
प्रधानमन्त्री ओलीले भने, ‘केही कुरामा भारत पनि नेपालसँग निर्भर छ’
स्तन र पाठेघरमा लाग्ने क्यान्सरको निःशुल्क उपचार
स्तन र पाठेघरमा लाग्ने क्यान्सरको निःशुल्क उपचार
The Man who Harassed- Latest Weinstein allegations could lead to arrest
The Man who Harassed- Latest Weinstein allegations could lead to arrest
विश्वभर संक्रमित २० लाख ८४ भन्दा बढी , मृतकको संख्या १ लाख ३४ हजार नाघ्यो
विश्वभर संक्रमित २० लाख ८४ भन्दा बढी , मृतकको संख्या १ लाख ३४ हजार नाघ्यो
बाबुरामले भने- मतदान गोप्य हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुँदैन
बाबुरामले भने- मतदान गोप्य हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुँदैन
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेको सवारीमाथि गोली प्रहार, चार अङ्गरक्षक घाइते
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेको सवारीमाथि गोली प्रहार, चार अङ्गरक्षक घाइते
मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र कार्यक्रम:७० गाउँपालिकाहरुलाई एम्बुलेन्स
मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र कार्यक्रम:७० गाउँपालिकाहरुलाई एम्बुलेन्स
बैतडीमा सडक निर्माणका लागि थुपारेको गिट्टीमा मानिसको टाउको भेटियो
बैतडीमा सडक निर्माणका लागि थुपारेको गिट्टीमा मानिसको टाउको भेटियो
रुपन्देहीमा गोली हानी हत्या, ५ लाख रुपैयाँ लुटियो
रुपन्देहीमा गोली हानी हत्या, ५ लाख रुपैयाँ लुटियो
जाँदाजाँदै मोदीले नेपाली भाषामा ट्वीट गरेर के भने ?
जाँदाजाँदै मोदीले नेपाली भाषामा ट्वीट गरेर के भने ?

तपाईंले छुटाउनुभयो कि?