तीन वर्षभित्र सबै नेपालीको घरमा उज्यालो पुर्याइनेः मन्त्री पुन

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २३, २०७६
|
|
३४ पटक हेरिएको
Shares
तीन वर्षभित्र सबै नेपालीको घरमा उज्यालो पुर्याइनेः मन्त्री पुन

सारांश

  • काठमाडौं।
  • ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले देशको हितलाई ध्यानमा राखेर मात्र विद्युत् आयोजना अघि बढाइने बताएका छन्।
  •  राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको जवाफ दिँदै उनले भने, “आगामी तीन वर्ष्भित्रमा सबै नेपालीको घरमा उज्यालो पुर्याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको छ।

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले देशको हितलाई ध्यानमा राखेर मात्र विद्युत् आयोजना अघि बढाइने बताएका छन्। राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको जवाफ दिँदै उनले भने, “आगामी तीन वर्ष्भित्रमा सबै नेपालीको घरमा उज्यालो पुर्याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको छ।”

मन्त्री पुनले अहिले मुलुकमा अघि बढाइएका २२ वटा विद्युतीय आयोजनाबाट आगामी तीन वर्ष्भित्रमा तीन हजार ५०० मेगावाट विद्युत् उत्पादन हुने जानकारी दिँदै देशमा छरिएर रहेका पैसालाई एकीकृत गरेर विद्युतीय आयोजना निर्माण गर्न सकिन्छ भन्ने विषयको त्रिशूली ‘ए’ तेस्रोले पुष्टि गरेको बताए।

साना आयोजनाबाट उत्पादन हुने बिजुली केन्द्रीय प्रशारणमा जोड्ने र आयोजनालाई लाभ दिने व्यवस्था गरिएको उल्लेख गर्दै उनले ऊर्जाको माध्यमबाट उद्योग क्षेत्रको विकासका लागि प्रयास भइरहेको बताए। उनले भने, “देशको आर्थिक विकास र समृद्धिका लागि आगामी वर्ष आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिइएको छ, जनताको लगानीका आयोजना सुरक्षित भएकाले त्यसमा लगानी गरेर देश विकासको अभियानमा सहभागी हुन म सबैलाई आह्वान गर्दछु।”

मन्त्री पुनले सुनकोशी–कमला–मरिन डाइभर्सनबाट मध्य तराई क्षेत्रको एक लाख २२ हजार हेक्टर क्षेत्रफमा सिँचाइ पुग्ने अनुमान गरेर आयोजना अघि बढाउने निर्णय भएको जानकारी दिए।

पछिल्लो अध्ययनले मुलुकमा २३ हजारको सङ्ख्यामा नदी, नाला, खोला र खोल्सा रहेको उल्लेख गर्दै उनले चुरे संरक्षण, नदी नियन्त्रण र तटबन्धका कार्यक्रमलाई पनि सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए। यसअघि नेपालमा छ हजारको सङ्ख्यामा नदीनाला रहेको भनिँदै आएको थियो।

मन्त्री पुनले भने, “यस वर्ष सङ्घमार्फत परिचालन गर्न तटबन्ध निर्माणका लागि रु दुई अर्ब ५० करोड बजेट विनियोजन भएको छ, सङ्घ, प्रदेश र स्थानीय तह मिलेर आगामी वर्षमा नदी नियन्त्रणको काममा कुनै कमी हुन दिइने छैन।”

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बुढी गण्डकी जलविद्युत् आयोजना निर्माणका लागि हालसम्म कसैलाई दिइएको छैन भन्दै उहाँले उक्त आयोजना राज्य आफैंले बनाउने सोच राखेको र यसका लागि कुन ढाँचामा कसरी पैसा जुटाएर बनाउने भन्ने बारेमा सम्भावनाको अध्ययन र छलफल भइरहेको बताए।

मन्त्री पुनले भने, “उक्त आयोजनाको पछिल्लो डिपीआर अनुसार दुई खर्ब ७३ अर्बको प्रारम्भिक लागत अनुमान गरिएको छ। ७५० मेगावाट क्षमताको पश्चिम सेती राष्ट्रिय गौरवको आयोजनालाई पनि मुलुकको हितअनुरुप अघि बढाउन सरकार सजग र सचेत छ।”

(https://www.losaltosresort.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्राफिक प्रहरीद्वारा रु तीस करोड राजस्व सङ्कलन
ट्राफिक प्रहरीद्वारा रु तीस करोड राजस्व सङ्कलन
अन्तिम वाक्य(कथा)
अन्तिम वाक्य(कथा)
सबैभन्दा सस्तो र सानो कार ‘क्युट’ लन्च, करिब ५ लाख २७ हजार रुपैयाँ : बाइक चढ्ने पैसाले कार किन्न मिल्ने
सबैभन्दा सस्तो र सानो कार ‘क्युट’ लन्च, करिब ५ लाख २७ हजार रुपैयाँ : बाइक चढ्ने पैसाले कार किन्न मिल्ने
प्रचण्डको हातमा घुमिरहेछ सरकारको साँचो : कांग्रेसलाई पर्यो चिठ्ठा, एमाले बेचैन
प्रचण्डको हातमा घुमिरहेछ सरकारको साँचो : कांग्रेसलाई पर्यो चिठ्ठा, एमाले बेचैन
माघ १३ गते सोमबारको राशिफल यस्तो छ
माघ १३ गते सोमबारको राशिफल यस्तो छ
शिखर सम्मेलनको संकल्प ‘सबै मानव एकताबद्ध हुनुपर्छ’
शिखर सम्मेलनको संकल्प ‘सबै मानव एकताबद्ध हुनुपर्छ’
भर्ना भएकामध्ये ६० प्रतिशतभन्दा बढी विद्यार्थी परीक्षा दिनुभन्दाअघि नै हराए
भर्ना भएकामध्ये ६० प्रतिशतभन्दा बढी विद्यार्थी परीक्षा दिनुभन्दाअघि नै हराए
पाँचहजार जना अटाउने अन्तराष्ट्रिय सम्मेलन केन्द्र भक्तपुरमा बन्ने , सांसद महेश बस्नेतले गरे यस्ताे अाग्रह
पाँचहजार जना अटाउने अन्तराष्ट्रिय सम्मेलन केन्द्र भक्तपुरमा बन्ने , सांसद महेश बस्नेतले गरे यस्ताे अाग्रह
नयाँ पुस्ताका आलुको बीउ उत्पादन
नयाँ पुस्ताका आलुको बीउ उत्पादन
सुनसरीमा आगलागी, २५ परिवारका घर जले
सुनसरीमा आगलागी, २५ परिवारका घर जले

तपाईंले छुटाउनुभयो कि?