भर्ना भएकामध्ये ६० प्रतिशतभन्दा बढी विद्यार्थी परीक्षा दिनुभन्दाअघि नै हराए

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ३, २०७३
|
|
३६६ पटक हेरिएको
Shares
भर्ना भएकामध्ये ६० प्रतिशतभन्दा बढी विद्यार्थी परीक्षा दिनुभन्दाअघि नै हराए

सारांश

  • दश वर्षअघि १३ लाख ३४ हजार १ सय ९५ विद्यार्थी कक्षा १ मा भर्ना भएका थिए ।
  • तिनैमध्ये ५ लाख ३८ हजार १ सय ८२ जनाले चैत ३ बाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसइईमा सहभागिता जनाउँदै छन् ।
  • एक दशकको अवधिमा कक्षा १ मा भर्ना भएका कुल विद्यार्थीमध्ये ६० प्रतिशतभन्दा बढी बीचैमा हराएको सरकारी तथ्याङ्कले प्रमाणित गर्छ ।

दश वर्षअघि १३ लाख ३४ हजार १ सय ९५ विद्यार्थी कक्षा १ मा भर्ना भएका थिए । तिनैमध्ये ५ लाख ३८ हजार १ सय ८२ जनाले चैत ३ बाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा एसइईमा सहभागिता जनाउँदै छन् ।
एक दशकको अवधिमा कक्षा १ मा भर्ना भएका कुल विद्यार्थीमध्ये ६० प्रतिशतभन्दा बढी बीचैमा हराएको सरकारी तथ्याङ्कले प्रमाणित गर्छ । ७ लाख ९६ हजार १३ अर्थात झण्डै ८ लाख विद्यार्थी कहाँ हराए त ? शिक्षाविद् विद्यानाथ कोइरालाका अनुसार सरकारले हालसम्म स्कूल भर्ना भएका नानीहरुलाई निरन्तर टिकाइराख्न सिक्ने/सिकाउने पद्धति बदल्न नसकेका कारण ठूलो संख्यामा विद्यार्थीले विद्यालय छाडेका हुन् । आजको नागरिक दैनिकमा समाचार छ ।

‘सरकारले हालसम्म शिक्षा प्रणाली सुधारका लागि जति पनि कार्यक्रम ल्यायो, ती सबै शिक्षक र कर्मचारीकेन्द्रित रहे,’ शिक्षाविद् कोइरालाले भने, ‘अबका विद्यार्थीलाई विद्यालयको कक्षाकोठामा निरन्तर टिकाउन सरकारले मोबाइल, नेट, फेसबुक, भाइबरजस्ता माध्यमबाट सीपमूलक शिक्षा सिकाउने कार्यक्रम ल्याएमात्र विद्यार्थीसँग न्याय हुन्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारी ठगीमा रवि र छविविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी
सहकारी ठगीमा रवि र छविविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी
राप्रपाको संकल्पपत्र : दश वर्षमा सबै नगर स्मार्ट सिटी
रेखाले आधा अनुहार छोप्नुको कारण ?
रेखाले आधा अनुहार छोप्नुको कारण ?
नेताहरुले भाषण मात्रै गर्ने र कर्मचारीले तलव मात्रै पकाउने प्रवृत्तिको अन्त गरिनुपर्छ:  मुख्यमन्त्री शाही
नेताहरुले भाषण मात्रै गर्ने र कर्मचारीले तलव मात्रै पकाउने प्रवृत्तिको अन्त गरिनुपर्छ: मुख्यमन्त्री शाही
स्टार फिल्डर जाेन्टी राेड्सले नेपाली खेलाडीलार्इ प्रशिक्षण दिने
स्टार फिल्डर जाेन्टी राेड्सले नेपाली खेलाडीलार्इ प्रशिक्षण दिने
लागुऔषध कारोबारी समाउन पोखरामा प्रहरीले चलायो गोली
लागुऔषध कारोबारी समाउन पोखरामा प्रहरीले चलायो गोली
नवराज सिलवालको सिको गर्दै डिआइजी रमेश खरेल पनि राजनीतिमै होमिएलान् ?
नवराज सिलवालको सिको गर्दै डिआइजी रमेश खरेल पनि राजनीतिमै होमिएलान् ?
वेस्ट इन्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित
वेस्ट इन्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित
कारोना भाइरस संक्रमणबाट १५ सय ४० चिनीयाँ नागरिक सकुसल घर फर्के
कारोना भाइरस संक्रमणबाट १५ सय ४० चिनीयाँ नागरिक सकुसल घर फर्के
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोको श्रीमतीलाई कोरोना भाइरस
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोको श्रीमतीलाई कोरोना भाइरस

तपाईंले छुटाउनुभयो कि?