पाँचहजार जना अटाउने अन्तराष्ट्रिय सम्मेलन केन्द्र भक्तपुरमा बन्ने , सांसद महेश बस्नेतले गरे यस्ताे अाग्रह

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ९, २०७५
|
|
२४ पटक हेरिएको
Shares
पाँचहजार जना अटाउने अन्तराष्ट्रिय सम्मेलन केन्द्र भक्तपुरमा बन्ने , सांसद महेश बस्नेतले गरे यस्ताे अाग्रह

सारांश

  • काठमाडाै, ९ कात्तिक ।
  • मन्त्रिपरिषद् बैठकले भक्तपुरस्थित नागरिक उड्डयन प्राधिकरणको जग्गामा सुविधासम्पन्न सम्मेलन केन्द्र बनाउने निर्णय गरेको हो ।
  • जी सिने अवार्डका लागि भन्दै सहरी विकास मन्त्रालयले प्रिफ्याब संरचनाको सम्मेलन केन्द्र बनाउने प्रस्ताव गरेता पनि उक्त प्रस्तावमा मन्त्रिपरिषदले ठूलो, स्थायी तथा सुविधासम्पन्न सम्मेलन केन्द्र बनाउने निर्णय गरेर गरेको हो ।

काठमाडाै, ९ कात्तिक । मन्त्रिपरिषद् बैठकले भक्तपुरस्थित नागरिक उड्डयन प्राधिकरणको जग्गामा सुविधासम्पन्न सम्मेलन केन्द्र बनाउने निर्णय गरेको हो । जी सिने अवार्डका लागि भन्दै सहरी विकास मन्त्रालयले प्रिफ्याब संरचनाको सम्मेलन केन्द्र बनाउने प्रस्ताव गरेता पनि उक्त प्रस्तावमा मन्त्रिपरिषदले ठूलो, स्थायी तथा सुविधासम्पन्न सम्मेलन केन्द्र बनाउने निर्णय गरेर गरेको हो । मन्त्रीपरिषद्को निर्णयसँगै सहरी विकास मन्त्रालयले आवश्यक प्रकृया अघि बढाइसकेको छ ।

नेपालमा कुनै पनि अन्तराष्ट्रिय सम्मेलन गर्नु परेमा आवश्यक सम्मेलन केन्द्र नभएका कारण उक्त स्थानमा बनाउन लागिएको प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले बताए । नेपालमा कुनै पनि सम्मेलन गर्नु परेमा बानेश्वर स्थित अन्तराष्ट्रिय सम्मेलनमा भने दुई हजार जना मात्र अटाउछन् । अव बन्ने उक्त स्थानमा १सय८९ रोपनी क्षेत्रफलमा पाँच हजार क्षमताको सभाहल बनाइने भएको हो । उक्त सभाहल बानेश्वरको अन्तराष्ट्रिय सभाहल भन्दा अढाई गुणा ठूलो बन्ने भएको छ ।

पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विकास निर्माणका कार्यमा विरोध नभई साथ र सहयोगका गर्न सवैमा आग्रह गर्नुभएको छ । उहाँले राष्ट्रिय गौरवका आयोजनाहरु भक्तपुरमा आउनु आम भक्तपुरवासीकोलागि नै इतिहासकै ठूलो उपलब्धी भएको बताउनुभयो ।

बस्नेतले  भक्तपुरमा सभागृह मात्र नभई अन्य राष्ट्रिय गौरवका आयोजनाहरु समेत क्रमश निर्माण हुने बताए ।उक्त भवन निर्माण गर्न करिव ५० करोड लाग्ने अनुमान गरिएको छ । यो आर्थिक वर्षमा भवनको डिजाइन समाप्त गरी टेण्डरको कार्य समाप्त गर्ने र आगमी आर्थिक वर्षदेखि भवन निर्माण कार्य शुरु गर्ने मन्त्रालयले जनाएको छ । यसअघि भक्तपुरका स्थानीयले प्रिफ्याब भवनका लागि स्थानीय पूरातात्विक सम्पदा मास्न लागेको भन्दै विरोध गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गठबन्धन गरेर जाने कि नजाने भन्नेमा कांग्रेसको आधिकारिक धारणा आज आउने
गठबन्धन गरेर जाने कि नजाने भन्नेमा कांग्रेसको आधिकारिक धारणा आज आउने
सरकारी स्वास्थ्य निकायमा कार्यरत चिकित्सक डा. गोविन्द केसीको जीवनरक्षाको अपिलसहित बुधबारदेखि आन्दोलनमा उत्रदै
सरकारी स्वास्थ्य निकायमा कार्यरत चिकित्सक डा. गोविन्द केसीको जीवनरक्षाको अपिलसहित बुधबारदेखि आन्दोलनमा उत्रदै
१७ खर्ब ६७ अर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति
१७ खर्ब ६७ अर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति
जसले नेपाली उत्पादनलाई युरोपभर चिनाए
जसले नेपाली उत्पादनलाई युरोपभर चिनाए
पश्चिमी वायुको प्रभाव: हिमाली क्षेत्रमा हिमपात, केही ठाउँमा वर्षा
पश्चिमी वायुको प्रभाव: हिमाली क्षेत्रमा हिमपात, केही ठाउँमा वर्षा
नारायणघाट-मुग्लिन सडकमा एकतर्फी यातायात सुचारु
नारायणघाट-मुग्लिन सडकमा एकतर्फी यातायात सुचारु
प्रधानमन्त्री रोजगार कार्यक्रमः युवा वर्गमा अवसर र उत्साह
प्रधानमन्त्री रोजगार कार्यक्रमः युवा वर्गमा अवसर र उत्साह
माक्रोंद्वारा ट्रम्पका नीतिमाथि चुनौती
माक्रोंद्वारा ट्रम्पका नीतिमाथि चुनौती
विपद् व्यवस्थापनमा हजारौ हातहरु जुट्‍नुपर्छ: गृहमन्त्री शर्मा
विपद् व्यवस्थापनमा हजारौ हातहरु जुट्‍नुपर्छ: गृहमन्त्री शर्मा
विप्लवलाई पार्टीमा भित्र्याउने प्रचण्डको घोषणा
विप्लवलाई पार्टीमा भित्र्याउने प्रचण्डको घोषणा

तपाईंले छुटाउनुभयो कि?