ओमानबाट नेपाली चेलीकाे चित्कार : मलाई जसरी पनि दलदलबाट निकाल्नुहोस्

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ४, २०८०
|
|
४२ पटक हेरिएको
Shares
ओमानबाट नेपाली चेलीकाे चित्कार : मलाई जसरी पनि दलदलबाट निकाल्नुहोस्

सारांश

  • काठमाडौं ।
  • झापाकी सानी माया नेपाली (नाम परिवर्तन) लाई मानव तस्करले आकर्षक रोजगारीको प्रलोभन देखाएर गैरकानुनी बाटोबाट भारतको नयाँ दिल्ली हुँदै ओमान पु-याएर एक ओमानी नागरिकको घरमा बिक्री गरे ।
  • करिव एक वर्षअघि त्यहाँ पुगेकी उनलाई हरेक दिन घर मालिकले शारीरिक तथा मानसिक यातना दिन थाले ।

काठमाडौं । झापाकी सानी माया नेपाली (नाम परिवर्तन) लाई मानव तस्करले आकर्षक रोजगारीको प्रलोभन देखाएर गैरकानुनी बाटोबाट भारतको नयाँ दिल्ली हुँदै ओमान पु-याएर एक ओमानी नागरिकको घरमा बिक्री गरे । करिव एक वर्षअघि त्यहाँ पुगेकी उनलाई हरेक दिन घर मालिकले शारीरिक तथा मानसिक यातना दिन थाले । आफूलाई ओमानको बर्खर भन्ने ठाउँमा बन्दी बनाएर राखेको भन्दै उनले तत्काल उद्धार गरी नेपाल फर्काउन अनुरोध गरेकी छन् ।

‘म यहाँ आएको एक वर्ष भयो, मलाई बन्दी बनाएर राखिएको छ, मेरो राहदानी त राख्यो राख्यो, मेरो नेपालको नागरिकता र नेपालको बैंक एकाउन्ट नम्बर पनि खोसेर राखेको छ, मैले एजेन्टलाई पनि मेरो समस्या’bout भनेँ, एजेन्टले जहाजको टिकटको पैसा दिए निकाल्छु भन्यो, मैले पैसा पनि हालिदिएँ, तर एजेन्टले पैसा पाएपछि मेरो नम्बर नै ब्लक ग¥यो, अब म कसरी नेपाल फर्किने हो ? मलाई यहाँबाट जसरी भएपनि निकाल्नुहोस्,’ उनले एक भिडियो सन्देश जारी गर्दै भनेकी छन् ।

‘घर मलिकले मोबाइल फोन चलाइन नदिने, खान नदिने, घाँटी थिच्न आउने, कुटपिट गर्ने गरेकाले आफू धेरै बिजोक अवस्थामा रहेको उनले रुँदै बताइन् । काम गरेबापतको १ सय ओमानी रियल दिने गरेको भएपनि बन्दी जीवन जिएर बस्नु भन्दा नेपाल फर्कन चाहेको उनले बताइन् । केही काम बिग्रिए कुट्ने पिट्ने गरेको र मारेर टाउको फालीदिन्छु भनेर धम्की दिने गरेको पीडा पनि उनले सुनाइन् ।

मंगलबार राति राजधानीसँगको सम्पर्कमा आएकी उनले रुँदै भनिन्, ‘मैले बिस्कुट र पानी खाएर काम गर्नुपर्छ, घर मालिकले दैनिक एक घण्टा मात्र फोन चलाउन दिन्छ, एक घण्टा बढी भयो भने १५ दिनसम्म फोन नै दिँदैन, यहाँ बाँचे पनि मरे सरह अवस्था छ, मलाई यहाँबाट जसरी भएपनि निकाल्नुहोस्, म नेपाल फर्कन चाहन्छु, नेपाल जान्छु भन्दा ओमानी नागरिकले पाँच लाख रुपैयाँ दिए मात्र नेपाल पठाउने नत्र यहीँ मारेर फालिदिने धम्की दिने गरेको छ ।’

आफूलाई पठाउने एजेन्ट झापाको माया लिम्बु रहेको बताउँदै उनले भनिन्, ‘एजेन्टले हस्पिटलको काम हो, मासिक एक लाख रुपैयाँ हुन्छ भनेर मलाई पठाएको हो । तर यहाँ आएपछि ओमानी नागरिकको घरमा बिक्री हुन पुगेँ । अहिले एजेन्ट लिम्बु सम्पर्कविहीन भएकी छन्, घरमा बुबा ममी बिरामी हुनुहुन्छ, गरिव भएपछि कसको के नै लाग्दो रहेछ र ? पैसा तिरेर नेपाल फर्कन सक्ने अवस्था छैन । ओमानस्थित नेपाली दूतावासलाई पनि समस्या सुनाएँ, तर कुनै सुनवाई भएको छैन ।’

सरकारले मलेसिया तथा खाडीमा घरेलु कामदार पठाउन रोक लगाए पनि झन्डै चार लाख रुपैयाँको हाराहारीमा महिलाहरू त्यहाँ घरेलु कामदारका रूपमा रहेका छन् । नेपालीहरू घरेलु कामदारका रूपमा ओमान, कुवेत, साउदी अरब, युएई, लेबनान, जोर्डनलगायतका देश जाने गरेका छन् ।

सरकारले खाडी मुलुकमा घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएपनि अबैध बाटोबाट विदेश पठाउने क्रम बढ्दा मानव तस्करहरू मालामाल बनिरहेका छन् । नेपालबाट विभिन्न म्यानपावर एजेन्टहरूले भारत, बंगलादेश, दुबई तथा श्रीलंका लगायत अन्य देशको बाटो प्रयोग गरेर नेपाली महिला कामदारहरू पठाउने गरेका छन् ।

राजधानी दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुलुङ तथा मेवाहाङलाई आदिवासी जनजातिमा सूचीकृत गर्न प्रधानमन्त्रीसमक्ष माग
कुलुङ तथा मेवाहाङलाई आदिवासी जनजातिमा सूचीकृत गर्न प्रधानमन्त्रीसमक्ष माग
जनताले किताब पढ्ने र लेख्ने होइन, विकास गर्ने नेता चाहेका छन्-दिपक बोहोरा
जनताले किताब पढ्ने र लेख्ने होइन, विकास गर्ने नेता चाहेका छन्-दिपक बोहोरा
एक युवतीको बयान : ६ महिनासम्म हरेक दिन बलात्कृत भएँ
एक युवतीको बयान : ६ महिनासम्म हरेक दिन बलात्कृत भएँ
दाइजोको कारण नेपाली चेलीको भारतमा हत्या
दाइजोको कारण नेपाली चेलीको भारतमा हत्या
झापामा निजी वन लगाउनेको संख्या बढ्दै
झापामा निजी वन लगाउनेको संख्या बढ्दै
कटारी–घुर्मी सडक खण्डमा टिपर दुर्घटना १ जनाको मृत्यु
कटारी–घुर्मी सडक खण्डमा टिपर दुर्घटना १ जनाको मृत्यु
“माइकल” आँधीबाट मर्नेको संख्या १७ !
“माइकल” आँधीबाट मर्नेको संख्या १७ !
२८ औँ स्मृति विशेष : सम्झनामा स्वर सम्राट नारायण गोपाल
२८ औँ स्मृति विशेष : सम्झनामा स्वर सम्राट नारायण गोपाल
राजनीतिक परिवर्तनलाई रुपान्तरणको चरणमा लान बाँकी छ : पूर्वराष्ट्रपति भण्डारी
राजनीतिक परिवर्तनलाई रुपान्तरणको चरणमा लान बाँकी छ : पूर्वराष्ट्रपति भण्डारी
प्रधानमन्त्रीको उक्साहटमा नलाग्न राष्ट्रपतिलाई दाहालको आग्रह, महाअभियोग अफवाह !
प्रधानमन्त्रीको उक्साहटमा नलाग्न राष्ट्रपतिलाई दाहालको आग्रह, महाअभियोग अफवाह !