समयमा पुल निर्माण नहुँदा गौरादहका जनतालाई सास्ती

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १०, २०७५
|
|
४३ पटक हेरिएको
Shares
समयमा पुल निर्माण नहुँदा गौरादहका जनतालाई सास्ती

सारांश

  • भद्रपुर, १० साउन ।
  • गौरादह नगरपालिका र कमल गाउँपालिका जोड्ने किस्ने खोलामा निर्माणाधीन पक्की पुल सात वर्ष पुग्दा पनि पुरा नहुँदा जनताले सास्ती व्यहोर्नु परिरहेको छ ।
  • पचास मिटर लामो यो पुल रु दुई करोड ४७ लाख १२ हजारको लागतमा तीन वर्षमा पूरा गर्ने गरी उदयपुरको रौताहा जेवी कन्ट्रक्सन कम्पनीले विसं २०६८ फागुनमा ठेक्का पाएपनि अहिलेसम्म पुलले पूर्णता पाएको छैन ।

भद्रपुर, १० साउन । गौरादह नगरपालिका र कमल गाउँपालिका जोड्ने किस्ने खोलामा निर्माणाधीन पक्की पुल सात वर्ष पुग्दा पनि पुरा नहुँदा जनताले सास्ती व्यहोर्नु परिरहेको छ ।

पचास मिटर लामो यो पुल रु दुई करोड ४७ लाख १२ हजारको लागतमा तीन वर्षमा पूरा गर्ने गरी उदयपुरको रौताहा जेवी कन्ट्रक्सन कम्पनीले विसं २०६८ फागुनमा ठेक्का पाएपनि अहिलेसम्म पुलले पूर्णता पाएको छैन । समयमै पुल निर्माण नहुँदा विद्यालय जाने बालबालिका र हाटबजार जान समस्या भएको स्थानीय केदार खड्काले बताए । पुल निर्माण गर्ने जिम्मा लिएको कम्पनीले पिलर गाड्नेबाहेक अन्य केही काम नगरेको र समयमा काम नसकेकाले रु २७ लाख ९२ हजार क्षतिपूर्ति तिरेको सडक डिभिजन कार्यालयका प्रमुख राजेशकुमार यादवले जानकारी दिए ।

उनका अनुसार सो कम्पनीले क्षतिपूर्ति तिरेरै भए पनि आगामी मंसिर मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने गरी पुनःजिम्मा लिएको छ । “नयाँ ठेक्का लगाउन थप खर्च हुनेहुँदा पुरानैलाई अवसर दिएको हो”, प्रमुख यादवले भने, “यदि मंसिर मसान्तसम्ममा पनि निर्माण पूरा गर्न सकेन भने कम्पनीलाई कालोसूचीमा राख्नका लागि सरकारसमक्ष सिफारिश गरिनेछ ।” योजना ल्याउने तर अनुगमनमा चासो नदेखाउने सम्बन्धित निकायका कारणले पनि ठेक्केदार कम्पनीले लापर्बाही गरेकाले समयमा पुल निर्माण हुन नसकेको पूर्वसांसद दीपक कार्कीले बताए । उहाँले पुल निर्माण गराउनका लागि आफूले अब निरन्तर खबरदारी गरिरहनेसमेत बताए ।

बाँसको पुल निर्माण

गौरादह नगरपालिका वडा नं १ र २, कमल गाउँपालिकाको वडा नं १ को सिमानामा रहेको यस स्थानमा अहिले जनस्तरबाट बाँसको पुल निर्माण गरिएको छ । पुल निर्माणमा स्थानीय निकायले पनि ध्यान नदिएका कारण यात्रुलाई खोला तर्न सहज बनाउन जनस्तरबाट संकलित रु ७१ हजारको लागतमा १०० फिट लामो र पाँच फिट चौडाइको सो पुल निर्माण गरिएको स्थानीय दुर्गा गौतमले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीलाई डाक्टरले भिडभाडमा नजान, हात नमिलाउन सुझाव दिए…
प्रधानमन्त्री ओलीलाई डाक्टरले भिडभाडमा नजान, हात नमिलाउन सुझाव दिए…
एकाविहानै भूकम्पको धक्का महशुस
एकाविहानै भूकम्पको धक्का महशुस
आयल निगमका खड्काद्वारा थप २० करोड घोटाला
आयल निगमका खड्काद्वारा थप २० करोड घोटाला
महानगर र उपमहानगरको सिट बाँडफाँड गठबन्धनले भोली टुंगो लगाउने
महानगर र उपमहानगरको सिट बाँडफाँड गठबन्धनले भोली टुंगो लगाउने
सुनसरी- १ : जसपाका अशोक राई विजयी
सुनसरी- १ : जसपाका अशोक राई विजयी
अरुण तेस्रो जलबिधुत परियोजनामा बम बिस्फोट गराउने  पक्राउ
अरुण तेस्रो जलबिधुत परियोजनामा बम बिस्फोट गराउने पक्राउ
फेसबुक र इन्स्टाग्राममा के आयो समस्या ? फेसबुक भन्छ- समाधान गर्दैछौँ
फेसबुक र इन्स्टाग्राममा के आयो समस्या ? फेसबुक भन्छ- समाधान गर्दैछौँ
नेपाल भ्रमण वर्ष: बसपार्क नहुँदा सडकबाट पर्यटक ओसार्दै पर्यटकीय बस
नेपाल भ्रमण वर्ष: बसपार्क नहुँदा सडकबाट पर्यटक ओसार्दै पर्यटकीय बस
यी दुई कुरा नभए एकता नगर्न वाइसिएलले दियो प्रचण्डलाई दवाव
यी दुई कुरा नभए एकता नगर्न वाइसिएलले दियो प्रचण्डलाई दवाव
व्यङ्ग्यका लागि कार्टुन बनाए जेल, टेलिफोन-फेसबुकबाट धम्की दिनेलाई १ वर्ष कैद !
व्यङ्ग्यका लागि कार्टुन बनाए जेल, टेलिफोन-फेसबुकबाट धम्की दिनेलाई १ वर्ष कैद !