एमालेलाई हेरेर माओवादीले पनि उपराष्ट्रपति दोहोर्याउने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २२, २०७४
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २२ फागुन – एमालेले नयाँ उठाए माओवादीले पुर्नविचार गर्ने- एमालेले भण्डारीको विकल्पमा नयाँ उम्मेदवार उठाएको अवस्थामा भने माओवादी केन्द्रले पनि पुनर्विचार गर्ने भएको छ ।
  • ‘अहिलेसम्म पार्टीमा छलफल पनि भएको छैन, प्रधानमन्त्री र पार्टी अध्यक्षबीच दुवै पदमा दोहर्याउने सहमति भइसकेकाले कसैले आकांक्षा देखाउनुभएको छैन,’ एक नेताले भने, ‘तर एमालेले राष्ट्रपतिमा नयाँ अनुहारलाई उम्मेदवार बनाएको अवस्थामा भने पार्टीले पनि उपराष्ट्रपतिमा अर्को उम्मेदवारको निर्णय गर्न सक्छ ।
  • ’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

काठमाडौं, २२ फागुन – एमालेले नयाँ उठाए माओवादीले पुर्नविचार गर्ने- एमालेले भण्डारीको विकल्पमा नयाँ उम्मेदवार उठाएको अवस्थामा भने माओवादी केन्द्रले पनि पुनर्विचार गर्ने भएको छ । ‘अहिलेसम्म पार्टीमा छलफल पनि भएको छैन, प्रधानमन्त्री र पार्टी अध्यक्षबीच दुवै पदमा दोहर्याउने सहमति भइसकेकाले कसैले आकांक्षा देखाउनुभएको छैन,’ एक नेताले भने, ‘तर एमालेले राष्ट्रपतिमा नयाँ अनुहारलाई उम्मेदवार बनाएको अवस्थामा भने पार्टीले पनि उपराष्ट्रपतिमा अर्को उम्मेदवारको निर्णय गर्न सक्छ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

माधव नेपाल निर्णायक भूमिकामा
राष्ट्रपतिको उम्मेदवारीबारे नेता नेपाल तटस्थ छन् । खनालले भेटेरै सहयोग मागे पनि उनी कतै खुलेका छैनन् । उनको सहयोग रहँदा सर्वसम्मत या मतदान, जुनसुकै प्रक्रियाबाट पनि खनालको पक्षमा निर्णय हुन सक्छ । तर, अहिले उनी ओलीलाई पनि चिढ्याइहाल्ने पक्षमा छैनन् । उता, निकट नेताहरू खनालको पक्षमा खुलेरै लागेका कारण पार्टीभित्र प्रभाव कायमै राख्न पनि नेपालले अन्तिममा खनाललाई सहयोग गर्ने अनुमान गरिएको छ ।

उपराष्ट्रपति दोहोर्‍याउने  पक्षमा माओवादी

आफ्नो भागमा परको उपराष्ट्रपति पदमा माओवादी नन्दकिशोर पुन ‘पासाङ’लाई नै दोहोर्याउने पक्षमा देखिएको छ । अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीसँगको समझदारीअनुसार राष्ट्रपति भण्डारीसँगै पुनलाई नै दोहोर्याउने पक्षमा देखिएकाले माओवादीभित्र कसैले पनि उपराष्ट्रपतिमा दाबी गरेको छैन ।

‘राष्ट्रपति र उपराष्ट्रपति दुवैले कुनै विवादित हुने काम नगरेको हुनाले प्रधानमन्त्रीज्यूसँगको समझदारीमा उपराष्ट्रपति दोहोरिने स्थिति छ,’ नेता जनार्दन शर्माले भने, ‘उपराष्ट्रपतिले विगतमा गरेको योगदानको मूल्यांकनलाई पनि ध्यान दिई कायमै राख्नुपर्छ भन्ने नै मत छ ।’ छोटो कार्यकाल भएकाले धेरै समय जिम्मेवारीमा नरहेको र राष्ट्रलाई पनि व्ययभार बढ्न सक्ने भन्दै अध्यक्ष प्रचण्ड पुनलाई नै दोहाेर्‍याउने पक्षमा देखिएका हुन् । उनको तयारीप्रति माओवादीभित्र कसैले पनि विरोध जनाएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?