तीब्रताका साथ काम गर्न सभामुख अधिकारीको निर्देशन
सारांश
- पोखरा, फागुन ५ ।
- प्रदेश ४ का सभाका सभामुख नेत्रनाथ अधिकारीले सबैले मिलेर यस प्रदेशलाई नमूना बनाउनुपर्ने बताउँदै यसका लागि तीब्र गतिमा काम गर्न प्रदेशसभा सचिवालयका कर्मचारीलाई निर्देशन दिएका छन् ।
- प्रदेश प्रमुख बाबुराम कुँवरबाट सभामुखको पद तथा गोपनियताको सपथ लिएपछि पदबहाली गर्दै अधिकारीले यस्तो निर्देशन दिएका हुन् ।
पोखरा, फागुन ५ । प्रदेश ४ का सभाका सभामुख नेत्रनाथ अधिकारीले सबैले मिलेर यस प्रदेशलाई नमूना बनाउनुपर्ने बताउँदै यसका लागि तीब्र गतिमा काम गर्न प्रदेशसभा सचिवालयका कर्मचारीलाई निर्देशन दिएका छन् ।
प्रदेश प्रमुख बाबुराम कुँवरबाट सभामुखको पद तथा गोपनियताको सपथ लिएपछि पदबहाली गर्दै अधिकारीले यस्तो निर्देशन दिएका हुन् ।
‘संघीयता कार्यान्वयन शुरु भएको छ यसलाई सफल बनाउन छिटो भन्दा छिटो काम गर्नुपर्ने आवश्यकता छ, हामी हाम्रो स्थानबाट जुट्छौं तपाईंहरु तपाईको स्थानबाट जुट्नुहोस ।’ उनले भने ।
संघीयतालाई हेर्ने अझै धेरै भ्रमहरु रहेको बताउँदै अधिकारीले ती भ्रमहरु निवारण गर्न कानूनहरु आवश्यक रहेको र ती कानूनहरु बन्न छिटो काम हुनुपर्नेमा उनले जोड दिए ।
सभामुखको सपथ लिएर सहिद स्मृति पार्कमा माल्र्यापण गरेपछि उनी सिधै प्रदेश सांसद भवन पुगेका थिए । सभामुखको कार्यकक्षमा पदभार ग्रहण गरेपछि उनले प्रदेशसभा सञ्चालन गर्ने नियमावली बनाउने निर्णयमा पहिलो हस्ताक्षर गरेका थिए ।
नदिपुरस्थित प्रदेश संसद भवन पुग्दा सभामुख अधिकारीलाई प्रदेश सचिवालयका प्रमुख जिवराज बुढाथोकीलगायतका कर्मचारीले स्वागत गरेका थिए ।
प्रदेशको अबको बैठक आईतवार बस्दैछ र त्यो बैठकको अध्यक्षता अधिकारीले गर्दै छन् । यसअघि बसेका दुईवटा प्रदेशसभाका बैठक ज्येष्ठ सदस्यता हैसियतले सांसद जनकलाल श्रेष्ठले गरेका थिए ।
(Xanax)
प्रतिक्रिया