ज्ञानेन्द्र शाही हिरासतमुक्त
सारांश
- प्रहरीले ज्ञानेन्द्र शाहीलाई हिरासतबाट मुक्त गरेको छ।
- महानगरीय प्रहरी परिसर ललितपुरले शाहीलाई अभद्र व्यवहार गरेको कसुरमा मुद्दा चलाउने तयारी गरेको थियो।
- तर, प्रहरीले शाहीलाई ‘एक पटकलाई माफी दिइएको’ बताएको छ।
प्रहरीले ज्ञानेन्द्र शाहीलाई हिरासतबाट मुक्त गरेको छ। महानगरीय प्रहरी परिसर ललितपुरले शाहीलाई अभद्र व्यवहार गरेको कसुरमा मुद्दा चलाउने तयारी गरेको थियो। तर, प्रहरीले शाहीलाई ‘एक पटकलाई माफी दिइएको’ बताएको छ।
उनलाई सम्झाइ–बुझाई गरी अबदेखि कुनै पनि कार्यक्रम गर्दा झैझगडा नगर्न भनिएको ललितपुर परिसर प्रमुख टेकबहादुर राईले बताए । शाहीले गल्ती सच्याउँछु भनेर प्रतिबद्धता जनाएपछि एक पटकलाई छोडी दिएको प्रहरीको भनाई छ ।
शाहीलाई आइतबार ललितपुर परिसरले पुल्चोकबाट नियन्त्रणमा लिएको थियो।
पत्रकार सम्मेलनमा झडपको स्थिति भएपछि उनलाई सुरक्षाका लागि नियन्त्रणमा लिएको प्रहरीले बताएको थियो।
तर, शाहीलाई प्रहरीमाथि नै अभद्र व्यवहार गरेको कसूर आकर्षित गरेर मुद्दा चलाउने तयारी गरिएको थियो।
शनिबार नेपालगन्ज विमानस्थलमा पर्यटन मन्त्री योगेश भट्टराईले जहाज कुराएको भन्दै शाहीसहितका व्यक्तिले उनलाई विमानस्थलमा घेरेका थिए। सोही विषयमा आइतबार शाहीले पुल्चोकमा पत्रकार सम्मेलन राख्दा घम्साघम्सी भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।
प्रतिक्रिया