तुरतुरेको पहिरो निरीक्षण

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ७, २०७५
|
|
३० पटक हेरिएको
Shares
तुरतुरेको पहिरो निरीक्षण

सारांश

  • बागलुङ, ७ असोज।
  • गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले बडिगाड खोला थुन्ने गरी गत भदौ २९ गते तुरतुरेमा गएको पहिरो निरीक्षण गर्नुभएको छ ।
  • उहाँले बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमामा गएको सो पहिरो नियन्त्रण, ताल व्यवस्थापन र अवरुद्ध मध्यपहाडी पुष्पलाल लोकमार्ग चालु गर्न प्रदेश सरकारले पहल र समन्वय गर्ने बताउनुभयो ।

बागलुङ, ७ असोज। गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले बडिगाड खोला थुन्ने गरी गत भदौ २९ गते तुरतुरेमा गएको पहिरो निरीक्षण गर्नुभएको छ ।
उहाँले बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमामा गएको सो पहिरो नियन्त्रण, ताल व्यवस्थापन र अवरुद्ध मध्यपहाडी पुष्पलाल लोकमार्ग चालु गर्न प्रदेश सरकारले पहल र समन्वय गर्ने बताउनुभयो । “प्राविधिक विषय भएकाले विज्ञको सुझावअनुसार अघि बढ्ने जानकारी दिँदै उहाँले नेपाली सेना र सडक विभागले पहिरोको स्थिति अध्ययन गरिरहेकाले छिट्टै समाधान निस्कने उहाँको भनाइ थियो ।मध्यरातमा गएको पहिरोले बडिगाड खोला थुनिँदा करीब एक किमी क्षेत्रमा कृत्रिम ताल बनेको छ ।

तत्काललाई जोखिम टरे पनि स्थानीयवासीमा भने त्रास कायमै छ । ताल भरिएर माथिबाट खोला बगेपछि ताल फुट्छ कि भन्ने चिन्ता छ । ताल पहिरो गएको ठाउँ तुरेतरेदेखि, सिमलचौर हुँदै ढोरपाटन नगरपालिकाको खल्टुबोटसम्म फैलिएको छ ।नेपाली सेना र सडक विभागको विज्ञ समूहले पहिरो र तालको प्राविधिक अध्ययन गरिसकेको छ । शनिबार पुगेको नेपाली सेनाको प्राविधिक टोलीले तत्काल ताल फुटाउँदा तल्लो तटीय क्षेत्रका बस्तीमा क्षति पुग्न सक्ने निष्कर्ष निकालेको छ । प्राविधिक अध्ययन प्रतिवेदन मन्त्रालयमा बुझाइने र निर्देशनअनुसार अघि बढ्ने नेपाली सेनाले जनाएको छ ।

बडिडाड थुनिएपछि पश्चिम बागलुङ र गुल्मी जिल्लाका तटीय बस्तीमा त्रास छाएको थियो । बागलुङको सिमलचौरका केही घरगोठसमेत डुबानमा परेका थिए । सोही पहिरोका कारण अवरुद्ध बनेको मध्यपहाडी पुष्पलाल लोकमार्ग अझै खुल्न सकेको छैन । लोकमार्ग निर्माणकर्ताले उक्त मार्ग चालु गर्न अझै केही समय लाग्ने जनाएको छ ।पहिरोका कारण पश्चिम बागलुङका तीन स्थानीय तहमा राष्ट्रिय सडक सञ्जाल टुटेको छ । पहिरो गएको ठाउँमा मानिस जोखिम मोलेर पैदल हिँडन् बाध्य छन् । स्थानीय तहले लोकमार्ग नखुल्दासम्म वैकल्पिक सडक सञ्चालनको तयारी गरेका छन् । पहिरो गएको तुरतरे क्षेत्रमा हिँडडुल नगर्न स्थानीय प्रशासनले सर्वसाधारणलाई सचेत गराएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?