सर्वाधिक रन बनाउने र विकेट लिने नेपाली खेलाडीलाई जनही ५० हजार दिने विकास ठाकुरको घोषणा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १६, २०८०
|
|
१९ पटक हेरिएको
Shares
सर्वाधिक रन बनाउने र विकेट लिने नेपाली खेलाडीलाई जनही ५० हजार दिने विकास ठाकुरको घोषणा

सारांश

  • काठमाडौं ।
  • काठमाडौंमा जारी टी–२० विश्वकपमा छनोटको शुक्रबार सेमिफाइनको खेल हुँदै छ ।
  • बिहीबार ओमानसँग ५ रनले पराजित नेपालले शुक्रबार फाइनल यात्रा तय गर्न युएईसँग खेल्दै छ ।

काठमाडौं । काठमाडौंमा जारी टी–२० विश्वकपमा छनोटको शुक्रबार सेमिफाइनको खेल हुँदै छ । बिहीबार ओमानसँग ५ रनले पराजित नेपालले शुक्रबार फाइनल यात्रा तय गर्न युएईसँग खेल्दै छ । 

समूह उपविजेता बनेको नेपाललाई फाइनलमा पुर्‍याउन सर्वाधिक रन बनाउने र विकेट लिने नेपाली खेलाडीलाई जनही ५० हजार रुपैयाँ दिने घोषणा गरिएको छ । 

कांग्रेस नेतासमेत रहेका विकास ठाकुरले शुक्रबार हुने युएईसँगको सेमिफाइनलमा नेपाललाई जिताउन सर्वाधिक रन बनाउने र विकेट लिने नेपाली खेलाडीलाई जनही ५० हजार दिने घोषणा गरेका हुन् । 

‘आईसीसी टी–२० विश्वकप छनौट–२०२३ अन्तर्गत भोलि हुने सेमिफाइनल म्याचमा नेपाललाई जित दिलाउँदै फाइनलमा स्थान पक्का गरेमा सर्वाधिक रन बनाउने र सर्वाधिक विकेट लिने दुई जना खेलाडीलाई मेरो व्यक्तिगत तर्फबाट जनही ५०/५० हजार नगद पुरस्कार दिने घोषणा गर्दछु,’ उनले सामाजिक सञ्जालमा उल्लेख छ । 

 

शुक्रबार बिहान मुलपानीस्थित क्रिकेट मैदानमा फाइनल यात्राका लागि नेपाल र युएईबीच खेल हुँदै छ । 
 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?